Wednesday, September 22
Shadow

Author: Prasad Khabar

घिउकुमारीको प्रयोग यसरी गर्नुहोस् अमृत समान छ फाइदाहरु

घिउकुमारीको प्रयोग यसरी गर्नुहोस् अमृत समान छ फाइदाहरु

स्वाथ्य
पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन्। क’ब्जियत नै पा’यल्सको मु:ल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। पायल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ । यी विधि अपनाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगी सिद्ध हुनेछ। पायल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी हो । पायल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि निकै...
वर्षा र हिमपातको सम्भावना , देशभर मौसम बदली

वर्षा र हिमपातको सम्भावना , देशभर मौसम बदली

जीवनशैली
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिक देखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताए । ‘बिहीबार रातिदेखि मौसममा क्रमिक सुधार हुँदै जाने छ’, मौसमविद् श्रेष्ठले भने । पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बद...
कुनै हालतमा फुट्दैन नेकपा : उपाध्यक्ष गौतम

कुनै हालतमा फुट्दैन नेकपा : उपाध्यक्ष गौतम

समाचार
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेकोबताए । उनले भने, ‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’ पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ । पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए । पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने भन्दै उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत धारण...
मेसीको बार्सिलोनामा यो अन्तिम सिजन हो : रिभाल्डो

मेसीको बार्सिलोनामा यो अन्तिम सिजन हो : रिभाल्डो

खेलकुद, पत्रपत्रिकाबाट
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनका पूर्वफरवार्ड रिभाल्डोले लिओनल मेसीका लागि २०२०-२१ को सिजन बार्सिलोनामा अन्तिम रहेको बताएका छन् । बार्सिलोनाको नयाँ सञ्चालक समितिले मेसीलाई क्लबमै बस्न मनाउन नसक्ने र उनले २०२०-२१ अभियानको अन्त्यमा क्याम्प नोउ छाड्ने रिभाल्डोले दावी गरेका छन् । मेसीले गत समरमै क्लब छाड्‍न सहमति खोजेका थिए तर क्लबको तत्कालिन सञ्चालक समितिले उनलाई निःशुल्क स्थानान्तरणमा जान दिन अस्वीकार गरेपछि उनी त्यहीँ रहन बाध्य भएका थिए । यद्यपि रिभाल्डोले यो सिजन मुख्य घरेलु वा युरोपियन च्याम्पियनसिप जितेमा मेसीको मन परिवर्तन हुन सक्ने पनि बताएका छन् । ‘मेरो विचारमा, यस सिजनमा च्याम्पियन्स लिग वा ला लिगा जितेको खण्डमा वा प्रशिक्षक रोनाल्ड कोएमनले टिमलाई राम्रो फुटबल खेलाएमा मात्र मेसीले निर्णयमा पुनर्विचार गराउन सक्छन् । दुर्भाग्यवश, मलाई डर छ कि यो क्लबसँग उसको अन्तिम सिजन ...
कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई परीक्षा बोर्डको यस्तो आग्रह

कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई परीक्षा बोर्डको यस्तो आग्रह

पत्रपत्रिकाबाट
काठमाण्डौ । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबार अर्थात मंसिरको ९ गतेदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ । परीक्षा स्थगित हुने हल्ला मात्र हो यस्को पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालले बताए । अर्यालका अनुसार विद...
इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने

इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने

अन्तरास्ट्रिय, पत्रपत्रिकाबाट, हेडलाइन
काठमाडौँ | नेपालबाट इजराइलले आगामी महिना देखि कामदार लैजाने भएको छ | केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको हो | नेपालबाट नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली कामदार लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भएको थियो | असोज १४ गते नेपाल र इजरायलबिच भएको सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिना देखि कामदार छनौटको प्रक्रिया शुरु गरिने नेपालका लागि इजरायली राजदूत गोडरले बताएका छन् | असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो | उक्त सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने छन | सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् | सम्झौता अनुसार, श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण पाउने छन् |...
तीन वर्षमै फल्यो किबी, किसान उत्साहित

तीन वर्षमै फल्यो किबी, किसान उत्साहित

अन्तरास्ट्रिय, अर्थ, कुराकानी, खेलकुद, जीवनशैली, धर्म/संस्कृति, बिज्ञान, समाचार, समाज, स्वाथ्य, हेडलाइन
गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म किबी फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन्। बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन्। ताराखोला गाउँपालिका–३ का बगालेले किबीको खेती थालेको वर्षौँ भयो। गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउँछन्। पैँतीस वटा बिरुवाले दिने आम्दानीले उनलाई सधैँ उत्साहित बनाउँछ। गाउँकै अगुवा किसान भएकाले उनले लगाएको किबी हेर्न र सिको गर्न आउने धेरै थिए। गाउँपालिका गठनपछि आर्थिक वर्ष २०७४/०७४ को बजेटमा गाउँपालिकाले किबीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो। परीक्षणका लागि हरेक वडामा १०० वटाका दरले किसानलाई बिरुवा बाँडियो। तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दङ्ग परेको वडा नं ३ को कृषि सञ्जालका अध्यक...
नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक

नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक

अन्तरास्ट्रिय, अर्थ, इतिहास, कुराकानी, खेलकुद, जीवनशैली, धर्म/संस्कृति, बिज्ञान, भिडियो, मनोरन्जन, राजनीति, लोक सेवा, विचार/ब्लग, विजनेश, समाचार, समाज, साहित्य, स्वाथ्य, हेडलाइन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराइमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् । पछिल्लो समय दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि दबाब दिइरहेका थिए । तर ओलीले भने सचिवालय बैठकको आवश्यकता नरहेको भन्दै बैठक बोलाउन नमानेको स्रोतको दावी छ । विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण हुँदै गएको छ । शीर्ष नेताहरुमा विवाद देखिएपछि दोस्रो र तेस्रो तहका नेताहरुले विवाद मिलाउने प्रयास गरिरहेका छन् ।...
राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल

राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल

अन्तरास्ट्रिय, अर्थ, इतिहास, कुराकानी, खेलकुद, जीवनशैली, धर्म/संस्कृति, बिज्ञान, भिडियो, मनोरन्जन, राजनीति, लोक सेवा, विचार/ब्लग, विजनेश, समाचार, समाज, साहित्य, स्वाथ्य, हेडलाइन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिक विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आइरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’...
घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

समाज
तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ। आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो। तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ। ‘यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ’, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै बर्दिबास नगरपालिका–२ की गृहिणी वृन्दा अधिकारीले भनिन्, ‘फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो।’ वृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीनहजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ। यसरी घर वरपर सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँ...
error: Content is protected !!