Wednesday, September 22
Shadow

माघ १२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै, अन्न लाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ । साथै, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज धन लाभको संभावना छ । साथै, टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलैसंग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनु पर्ने आवश्यकता पर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । पेटको खराबीले सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । बोलीको प्रभाव एवं कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ । अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!