Sunday, September 19
Shadow

माघ ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि बृद्घि हुने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोत साधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु होला । समग्रमा दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अलि बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योग तर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ । आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको पनि योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पति पत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक कार्यबाट मनग्य धन लाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनु होला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!