Sunday, September 19
Shadow

हरेक बिहान यी मन्त्र जपे’र भगवानको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास

काठमाडौं, तपाईहरु जो कोहीलाई थाहा भएको कुरा हो की केही कार्य गर्नुभन्दा पहिला गणेश भगवानकै पूजा गरिन्छ । अब शुभकार्यको बेला त यसो गरिन्छ भने आफ्नो जीवनको अर्को नयाँ दिन अर्थात हरेक दिनको बिहान झनै कति महत्वपूर्ण छ तपाई हामी सबैलाई थाहा छ । यसैले बिहानको शुभ समयमा काम था’ल्नुभन्दा पहिला भगवान गणेशको पूजा गर्नुहोस् । हुन त मंगलबार भगवान गणेशको विशेष दिन हो । तर भगवान गणेशलाई सि’द्धि प्राप्तिका भगवान मानिएकाले हरेक दिन बिहान पूजा गर्नु राम्रो छ ।

हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्र’त बस्ने गरिन्छ । त्यसैगरी मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । सबै किसिमका सुख प्राप्त गर्न, र’क्तविकार शमन गर्न, श’त्रुदमनका निम्ति, स्वास्थ्य र’क्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्र’त एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । मंगलबारको ब्र’तबाट मङ्गल ग्रहको अनिष्ट फ’ल पनि शा’न्त हुन पुग्छ । यही फल प्रा’प्तिका लागि भगवान गणेशलाई हरेक दिन आ’राधाना गर्नु उपयुक्त छ ।

बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला ज’प गर्नुपर्दछ । गणेश भगवानको आ’राधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दा’न गर्नुपर्दछ । यो ब्रत क’मसेकम २१ वटा मङ्गलबारसम्म लिने प्र’चलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अ’लिनो भोजन गर्नु पर्दछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!