Thursday, September 23
Shadow

माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
आज नसोचेको ठाँउबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला । साथै, भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनु होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्ला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । इति

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!