Tuesday, September 21
Shadow

माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्ने जिम्मा तपाईंको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्नी बीच मायामा विस्वासको वातावरण बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आज गरिने काममा बाधा तथा अवरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागी समय मध्ययम रहेको छ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
घर गृहस्थी तथा सन्तानबाट सुख प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भने जस्तो आम्दानी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ भने तपाईँबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । पढाइ लेखाइमा राम्रा प्रगती गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यवसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न रहनेछ । साझमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसी कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेको छ । प्रतियोगिता तथा प्रतिस्पर्धामा विजयको योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेको छ । घर गृहस्थीमा आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जोस आउनेछ । ज्ञानगुन र दार्शनिक विषयमा ध्यान जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । परिवारका साथ मिठो मसिनो भाजन ग्रहण गर्ने अवसर जुर्नेछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!