Thursday, September 23
Shadow

सिरानीमा यस्ता चीज राखेर सुत्दा हुन्छ लाभ प्राप्त

शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

हनुमान चालिसा-हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

फलामको उपकरण-सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।मुला-सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ ।

शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ । फूल-सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ ।

पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।दुर्गा सप्तसती पाठ-दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ । नेपाल खबर बाट

यो पनि पढौ : तपाइको हातमा लक्ष्मी टिक्दैन भने ! यी ४ उपाय जसले बर्सनेछ लक्ष्मी

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन रु वा तपाईको हातमा पैसा टिक्दैन रु यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ ।लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।

१) शुक्रवार ब्रत : शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ । शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन शुरु हुन्छ ।

२) महिलाको आदर : बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मकिो कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस् । उनीहरु रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस् । अक्सर पति पत्नीबीच हुने मनमुटावका कारण पनि लक्ष्मीको कृपा हुँदैन ।

३) कुंडलीमा शुक्र : जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुखरसमृद्धिका रुपमा मानिन्छ । शुक्र ग्रह कमजोर हुने ब्यक्तिलाई घरमा आर्थिक समस्या परीरहने हुन्छ । यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ ।

४) वास्तु दोष : यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ । वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ । जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ । तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, संपन्नता र ऐश्वर्य प्राप्ती हुन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!