Wednesday, September 22
Shadow

शनिबार भुलेर पनि गर्नुहुँदैन यी कामहरु, नत्र अशुभ मानिन्छ !

शनिवारको दिनलाई शनिदेवको विशेष दिन मान्ने गरिनछ । यस दिनलाई धार्मिक र महत्वपुर्ण बारको रुपमा लिइने हुनाले कुनै नयाँ काम गर्दा सफल हुने बिश्वास पनि छ ।

यस दिनलाई हिन्दु धर्ममा शनिदेवताको दिन मानिने गरिन्छ । न्यायको देवता मानिने शनिदेवलाई शनिवार पूजा गरि प्रशन्न पार्न विभिन्न कार्यहरु गर्नु पर्दछ। शनिदेवलाई खुसी बनाउन विभिन्न खानेकुराहरु नखाने र केही कार्यहरु गर्नुहुँदैन ।

शनिदोष भएका व्यक्तिले केही खानेकुराहरु भूलेर पनि खान हुदैन । यस दिन आपँको अचार खानुहुँदैन । शनि देव अमिलो चिजको विरोधी भएकाले यस्ता चिजहरु आजको दिन खान हुँदैन ।

शनिवारका दिन रातो खुर्सानी र दुध या दही सेवन गर्नुहुँदैन । तर दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउन सकिन्छ । शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउनु हुँदैन ।

यस दिन कालो रंगको लुगा पनि किन्नु हुँदैन । यस दिन रक्सी पनि पिउनुहुँदैन । आजको दिन नून, काठबाट बनेका सामान र सर्सिउको तेल पनि किन्न हुँदैन । नत्र अशुभ मानिन्छ ।

यस्ता कामहरु शनिबारका दिन गर्नै नहुने जनविश्वास छः

– विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्।

– हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।

– दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।

– दक्षिण– पूर्व कोणमा बस्दा मान–सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ।

– कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।

– मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्।

– उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण (पूर्व कोणमा राख्दा लगभग घरको सबै काम) कुरा ठीक हुँदै जानेछन्।

– दक्षिण–पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ।

– सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!