Sunday, September 19
Shadow

तपाईं दुःखी किन हुनुहुन्छ ? सुखी हुने उपाय यी हुन्..

वेदमा भनिएको छ-नदी किनारको रुखलाई जसरी सबै प्रकारको पोषक तत्व प्राप्त भइरहन्छ उसै गरी सुख एवं दुःख जस्तोसुकै अवस्थामा, जो व्यक्ति परमेश्वर (ब्रह्म)लाई अँगालिरहन्छ ऊ कहिल्यै पनि ओइलाउँदैन । हाम्रो दुःख के गरी नाश हुन्छ त ? दुःख हटाउने एउटै मात्र औषधि छ-दृढ विश्वासका साथ हृदयमा परमेश्वरलाई राखेर काममा डटिरहनु ।

मानिसहरूलाई तथाकथित साधु, ज्योतिषी वा भ्रमित गर्ने खालका पुस्तकहरु अनेकौं मन्त्र, देवता आदिका बारेका बताएर डर देखाउने गर्छन् तर यी सबै भड्काउने वा भ्रमित पार्ने मार्ग हुन् । भ्रम, द्वन्द्व, डरमा बाँच्ने तथा भड्किएको व्यक्ति कहिल्यै पनि कहीँ पुग्न सक्दैन । ऊ कहिले कुनै एक मन्त्र वा देवताको सहारा लिन्छ भने कहिले कुनै अर्को मन्त्र वा देवताको । यस्तो व्यक्ति किनाराबाट टाढा पुग्छ र हमेसा द्वन्द्व द्विविधामा रहेर जीवन नष्ट पार्छ ।

मन्त्रको माया: वेदमा धेरैथरी मन्त्रहरूको उल्लेख पाइन्छ तर जप गर्नका लागि केवल प्रणव (ॐ) एवं गायत्री मन्त्र बताइएको छ । बाँकी मन्त्र कुनै विशेष अनुष्ठान एवं धार्मिक कार्यका लागि हुन् । वेदमा गायत्री नामको छन्द छ जसमा हजारौं मन्त्र छन् तर प्रथम मन्त्रलाई मात्र गायत्री मन्त्र मानिन्छ । उक्त मन्त्र बाहेक कुनै अन्य मन्त्रको जप गर्नु समय एवं ऊर्जाको बर्बादी मात्र हो । गायत्री मन्त्रको महिमा सर्वविदित नै छ । अर्को मन्त्र हो-महामृत्युञ्जय मन्त्र । तर उक्त मन्त्रको जप तथा नियम कठिन भएकाले कुनै जानकारसँग सोधेर मात्र जप गर्नुपर्ने हुन्छ ।

ईश्वर एवं देवता: ईष्ट एउटै हुनुपर्छ अर्को होइन । ईश्वर नै परमश्रेष्ठ परमेश्वर हुन् जसलाई ब्रह्म भनिएको छ र उनैलाई ईष्ट भनिएको छ । मायत्री मन्त्र उनैको प्रार्थनाका लागि हो । यसका अतिरिक्त कुनै पनि एक देवी वा देवतालाई चुन्न सकिन्छ र जीवन पर्यन्त उसैमा कायम रहनुपर्छ । उक्त देवी, देवता वा गुरुको माध्यमबाटै परमेश्वरको आराधना गर्नुपर्छ ।

चाणक्य नीतिमा भनिएको पनि छः

एको देव केशवो वा शिवो वा
एको वासं पत्तने वा वने वा ।।
एको मित्रं भूपतिर्वायतिर्वा
एको नारी सुन्दरी वा दरी वा ।।
वेद तथा अन्य ग्रन्थ

वेदहरूको सार हो उपनिषद अनि उपनिषदको सार हो गीता । उक्त ग्रन्थलाई छोडेर जो अन्य कुनै पुस्तक वा ग्रन्थमाथि विश्वास गर्छ उसलाई धर्मबाट भट्किएको व्यक्ति मानिन्छ । यस्तो व्यक्तिलाई वेदले पनि साथ छाडिदिन्छ । हुन त सबै धर्मग्रन्थमा राम्रा कुराहरूको उल्लेख पाइन्छ तर सबै धर्मग्रन्थहरूको मूल हो वेद ।

मन्दिर एवं अन्य पूजा स्थलः कोही कोही मानिस मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा आदि सबैतिर धाउँछन्, तर यसले उनीहरूको चन्चल मन तथा मस्तिष्कको द्वन्द्वलाई दर्शाउँछ । सबैप्रति श्रद्धा राख्नु राम्रो कुरा हो, तर यसबाट ऊर्जाको क्षय हुने तथा छरिनेभन्दा बढी केही हुँदैन । यसरी छरिएको व्यक्तिले जीवनका हरेक मोडमा असफलताको सामना गर्नुपर्ने हुन्छ । हिन्दीमा भनाइ छ- एक साधे सब सधे और सब साधे कोई ना सधे अर्थात् सभी गवाए । सबैलाई आफ्नो पोल्टामा पार्न खोज्दा आफूसँग केही पनि बाँकी नरहने कुरातर्फ यसले इंगित गर्छ । सबैतिर चहार्ने व्यक्तिले पनि सबै कुरा गुमाउँछन् ।

नियम तथा अभ्यास: वेदले भन्छ-नियम नै धर्म हो र अभ्यास नै सफलताको सूत्र हो । नियममा दर्‍होसँग उभिएर अभ्यास गर्नाले सबै प्रकारको सुखको प्राप्ति हुन्छ । यसबाट इच्छा गरिएको कुनै पनि कुरा सहजै प्राप्त गर्न सकिन्छ । भाग्यले पनि पुरुषार्थी वा कमयोगीलाई नै साथ दिन्छ । निरन्तरको अभ्यासबाट कर्म साधिन्छ । तसर्थ धर्मको नियम बुझेर त्यसको पालना गर्नु अनि निरन्तर सत्संग वा अभ्यास गर्नुपर्छ । नियम एवं अभ्यास नै धर्म हो जसरी १०० डिग्री उमालेपछि पानी स्वत वाष्पीकरण हुन थाल्छ त्यसरी नै नियम तथा अभ्यासलाई अँगाल्नाले जीवन स्वतः परामात्मातर्फ उन्मुख हुन्छ ।

चाडपर्व एवं मनोरञ्जन: कोहीकोही केवल मनोरञ्जनका लागि दशैं, तिहार, फागु पूणिर्मा, माघे सङ्क्रान्ति आदि पर्व मनाउँछन् । यस्ता चापपर्वमा मानिसहरू जाँडरक्सी तथा जुवातासमा भुलेका हुन्छन् । जब कि यस्ता पर्वहरूले मानिसलाई सबै प्रकारका खराब कामहरूबाट टाढा रहने सन्देश दिन्छन् । चाडपर्वका दिनहरू विशेष हुने भएकाले पवित्र रहनु आवश्यक छ, यस विपरीतका कामलाई धर्मविरुद्ध मानिएको छ ।

सुखी हुने नियम: वेद, उपनिषद एवं गीता पाठ गर्नुपर्छ । यस्ता शास्त्रको चिन्तन, मनन एवं निदिध्यासन गर्नुपर्छ । त्रयोदशी, चतुर्दशी, औंसी र पूणिर्माका दिन ईष्टलाई सम्झेर घरमा धूप बाल्नुपर्छ । चतुर्थी, एकादशी तथा अन्य प्रमुख तिथिहरूमा सकेसम्म व्रत बस्नुपर्छ । विहान र बेलुकाको समय सन्ध्यावन्दन गर्नुपर्छ । धर्म, दवी, देवता, गुरु एवं पितृहरूको अपमान गर्नु त परै जाओस् सुन्नुसमेत हुँदैन । श्राद्ध कर्म पूर्ण श्रद्धाका साथ गर्नुपर्छ । समय एवं सुविधाअनुसार चार धाम एवं तीर्थाटन गर्नुपर्छ । समय-समयमा दान-पुण्य गर्दै रहनुपर्छ ।

कसैप्रति कुनै पनि प्रकारको कटु वचन बोल्नु हुँदैन, सदैव सकारात्मक सोच अँगालेर सोचसवचार गरेर मात्र बोल्नुपर्छ । मनोमानी (जुन धर्मसम्मत छैन) चाडपर्व, व्रत, दान, यज्ञ, अनुष्ठान, मन्दिर, देवता, ज्योतिष, पण्डित, पुरोहित, तथाथित धर्मप्रचारक एवं प्रवचनकार, कथावाचक, धर्मको त्त्व नबुझी धर्ममाथि बहस गर्ने जस्ताहरूबाट टाढै रहनुपर्छ । रातको समयमा गरिने सबै प्रकारका कमअनुष्ठानलाई राक्षस एवं निशाचरको धर्म मानिएको छ । जुन कुरा वेदसम्मत छ त्यसैलाई मात्र मान्नुपर्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!