Sunday, September 26
Shadow

सिरानीमा यस्ता चीज राखेर सुत्दा हुन्छ चमत्कारिक लाभ प्राप्त ! थाहा पाउनुहाेस्

शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

हनुमान चालिसा-हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

फलामको उपकरण-सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।मुला-सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ ।

शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ । फूल-सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ ।

पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।दुर्गा सप्तसती पाठ-दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।

यो पनि पढौ : साह्रै भाग्यमानी हुन्छन् पैतलामा यस्तो चिह्न भएका व्यक्तिहरु

ज्याेतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो । तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ ।

हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ । यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ । समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।

त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन । जसको पैतालमा त्रिशुलको चिह्न छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिह्न हुन्छ ।

जसको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ । जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भए पनि धनको मतलव नगर्ने हुन्छन् । पैतालामा अंग्रेजी अक्षर ‘टी’ जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निक्कै सफलता पाउँछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!