Sunday, September 19
Shadow

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो हप्ता सफल यात्राको योग छ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको र उपहार पनि मिल्न सक्छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्न सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र नयाँ कार्यको योजना बन्नेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्य, यज्ञयज्ञादी तथा धार्मिक कृत्यमा विशेष सहभागिताको अवसर पनि मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो हप्ता नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पुनर्मिलनको योग छ । सामाजिक र राजनैतिक कामबाट प्रशंसा प्राप्त हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता हराएको आत्मविश्वास जाग्नेछ । नयाँ सम्बन्ध स्थापित हुनेछ । प्राविधिक कार्यबाट अधिक सफलता मिल्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । व्यापार तथा सेयर कारोबारमा लाभ हुनेछ । धर्म कर्म तथा समाजसेवामा पनि मनलाग्ने छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता शुभ समाचार सुन्न पाइएला । आफन्तसँग भेटघाट हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । भौतिक कारोबारमा विशेष लाभ मिल्नेछ । साताको मध्यमा नियमित खर्च बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी पनि आउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता शुभ कार्यको लागि लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ अतः सचेत रहनु होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साताको सुरुका दिनमा विश्वास पात्रले भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ । गाडी चलाउँदा वा यात्रागर्दा सावधानी अपनाउनु नै पर्नेछ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । नयाँ कार्यको योजना पनि बन्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता रोकिएका र पुराना अधुरा कार्य पुन: प्रारम्भ हुनेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वैदेशिक क्षेत्रबाट सफलता पाइने र रमाइलो यात्रा हुनेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता धार्मिक तथा शुभकार्यको लागि यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कलकारखाना र बन्द व्यापारमा विस्तारै फाइदा हुन थाल्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो सातामा नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । बहु प्रतीक्षित र रोकिएको काम पूरा हुन सक्छ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । ठूलाबडाको आशीर्वादले भने बढी सफल बनाउन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा आफूले बोलेको र भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । बेफाइदाका यात्रा पनि हुन सक्छ । साताको अन्त्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्षउमङ्ग र उत्साह छाउला । प्रविधि र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)
via-News18Nepal.tv

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!