Sunday, September 19
Shadow

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको सुरुका दिनमा अनावश्यक ठाउँमा धन खर्च हुनेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् । सोमबारबाट आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मध्य चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला, शेयर बजारले पनि प्रतिफल राम्रो नदेला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता अधुरो र आँटेको कार्य पुरा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो हप्तामा नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो सातामा मनमा चञ्चलता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने र शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मङ्गलबारबाट दैनिकी काम सहजै सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । शुभ कार्यको योजना पनि बन्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता दैनिक कार्यहरूमा प्रगति हुनेछ । शेयर बजार तथा वित्तिय संस्थाबाट लाभ मिल्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । मध्य सातामा अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ । प्रेममा मनमुटाव पनि आउला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता रोकिएका घरायसी तथा अन्य काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ, तर शेयर बजारबाट भने नोक्सानी हुन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । मनोरञ्जनमा सहभागिता भइएला । स्वादिष्ट परिकारको अवसर मिल्नेछ । आकस्मिक धन लाभको योग पनि छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभ र मङ्गल कार्यको योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । साताको मध्यमा अनावश्यक ठाउँमा धन खर्च हुने र शेयर बजारले पनि दिन नसक्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसाय पनि फस्टाउनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । (अधिक जानकारीका लागि 977-9849559502)

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!