Thursday, September 23
Shadow

अनुहारमा भएका डण्डीफोरका पूराना दाग-धब्बा हटाउने घरेलू उपाय – थाहा पाइराखौ !

काठमाण्डौ : आजको समयमा सबै आफुलाई राम्रो देखाउने प्रयास गर्छन्| त्यसको लागि मानिस थारि-थरिका चिज प्रयोग गर्छन्| वास्तवमा, गलत खानको कारणले अनुहारमा डण्डीफोर तथा दाग-धब्बा आउँछ।
यी समस्याको निधान सजिलै गर्न सकिन्छ, तर यदि ढिला गर्यो भने यो निकै मुश्किल हुनसक्छ| घरमै बनेको यो फेस प्याकको नियमित प्रयोगले अनुहारको दाग-धब्बाको समस्या समाधान गर्न सकिन्छ|

सुन्तलाको बोक्राको पाउडर
सुन्तलाको बोक्राको पाउडरबाट बनेको फेस प्याकको प्रयोगले अनुहारमा रहेका दाग-धब्बा बाट छुटकारा पाउन सकिन्छ| यसको लागि, एक चम्चा सुन्तलाको बोक्राबाट बनेको पाउडरमा दुध र चिनी मिलाएर यसको फेस प्याक तयार गर्नुहोस् !
अनुहारमा लगाएर यसलाई सुक्न दिनुहोस्| सुकिसकेपछि चिसो पानीले मुख धुनुहोस्| सुन्तलामा हुने साईट्रिक एसिडले अनुहारमा रहेको धब्बा हटाउँछ|

आलुको रस
छालामा रहेको दाग-धब्बाबाट छुटकारा पाउन आलुको रसको प्रयोग सबैभन्दा उत्तम उपाय मानिन्छ| आलुको रस निकालेर त्यसमा चिनी मिलाएर अनुहारमा लगाउनाले अनुहारमा रहेका दाग-धब्बा हट्छ|

ग्रीन टी फेस प्याक
अनुहारको डण्डीफोरबाट छुटकारा पाउन र दागहरू हटाउनको लागि दुई चुटकी बेसार, एक चम्चा ग्रीन टी र एक चम्चा ग्राम आटा मिलाएर पेस्ट बनाउनुहोस्।

अनुहार राम्रोसँग धुनुहोस् र अनुहारमा तयार पारेको पेस्ट लगाउनुहोस्। बीस मिनेट पछि, कपासमा गुलाब जल प्रयोग गरेर सुख्खा प्याकलाई भिजाउनुहोस् र लगाएको प्याक अनुहारबाट हटाउनुहोस्।

यो पनि पढ्नुहोस ! सुतेको बेलामा तपाइको मुखबाट र्‍याल चुहिन्छ ? यसरी रोक्नुस्
काठमाडौं । मुखबाट –याल निस्कनुका धेरै कारण छन् । कुनै खानेकुराको एलर्जी हुँदा वा औषधिले गर्मी गराउँदा –याल चुहिन्छ ।यो राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ ।

त्यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ ।तर यसलाई रोक्न पनि सकिन्छ । यस्ता छन् उपायः
तुलसीको पात
रातिको खानामा नपच्ने खानेकुरा नखानुस् । अनि सुत्नुअघि दुईतीन तुलसीको पात चपाउनुस् र अलिकति पानी पिउनुस् । दुईतीन दिनसम्म यो उपाय गर्नुभएमा –याल चुहिन छोड्छ ।

फिटकिरी
फिटकिरीको पानीले पनि –यालको समस्याबाट छुटकारा दिलाउँछ । सुत्नुअघि यस्तो पानीले कुल्ला गर्दा मुखमा –याल बन्न पाउँदैन ।
दालचिनी
दालचिनीको चियाले पनि –याल चुहिने समस्यालाई हटाउँछ । दालचिनीको चियामा मह मिसाउनुभएमा अन्य स्वास्थ्य समस्यामा पनि राहत पाइन्छ ।

अमलाको धूलो
अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा पनि राति –याल चुहिने समस्या आउँदैन । यसले पेट पनि ठीक राख्छ र एसिडिटीको समस्या पनि आउन दिँदैन । एजेन्सी
यो पनि पढ्नुहोस ! आलुको बोक्रा फाल्नुहुन्छ? नफाल्नुहोस् यस्ता छन् ५ फाइदै फाइदा ।

काठमाडौं — आलु त तरकारीको राजा नै हो । यो हरेक भान्साको शान हो । अनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन् । तर तपाईंलाई थाहा छ ? आलुभन्दा बढी गुणकारी यसको बोक्रा हुन्छ नि ।

आलुको बोक्रामा भएका कैयौं तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा भएको फाइबर र अन्य पोषक तत्वले आलुलाई स्वस्थकर बनाउने हो । नभए त आलु आफैंमा साधारण खानेकुरा हो । यसका अरू फाइदा जानिराखौं :
१. रोगप्रतिरोधक क्षमता बढाउने
आलुको बोक्रामा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

२. तौल घटाउने
हुन त आलु मात्र खानुभयो भने तौल बढ्छ तर बोक्रासमेत खानुभयो भने चाहिँ तौल कम हुन्छ । बोक्रामा कम मात्रामा फ्याट हुन्छ जसले तौल घटाउँछ ।
३. क्यान्सरबाट बचाउँछ
आलुको बोक्रामा फाइटोकेमिकल हुन्छ जसले क्यान्सरबाट बचाउँछ । यसका अलावा यसमा भएको एसिडले क्यान्सरको सम्भावना घटाउँछ ।

४. कोलेस्ट्रोल घटाउँछ
शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटुरोग लाग्छ । आलुको बोक्रामा भएको फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ ।
५. छाला डढ्दा लाभदायक
छाला डढ्दा आलुको बोक्रा दल्नुभयो भने धेरै आराम हुन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!