Thursday, September 23
Shadow

असार ०९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाँउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आर्थिक लाभ हुने दिन छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ । साथै, मनमा पिडाले पनि सताउने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मान सम्मान पनि पाइएला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ । मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरि तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन् । पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ, साथै धन लाभ पनि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारले मात्र नयाँ काम सुरु गर्नु होला, कतै टाढाको यात्राको संभावना छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नु होला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!