Wednesday, September 22
Shadow

एक्कासि मध्यरातमा ओर्लियो मेलम्ची,गुहार भन्दै घर छोडेर डाँडातिर लागे गाउँलेहरू (भिडियो हेर्नुहोस्)

दिनभर केही घटेको र मानिसहरू आफ्ना सामानहरूओसार पसार गरिरहेका थिए।तर राती मेलम्ची राती एक्कासी बढ्ना ले गाउँलेहरूको फेरि पनि बिचल्ली बनाएको छ।उनीहरू फेरि पनि काखमा नानी च्यापेर,आफूसँग भएका ओड्ने ओछ्याउने सामान बोकेर माथि डाँडामा रहेको ग्रीन हाउस भवनमा अस्ति जस्तै सबैजना बस्न गइरहेका छन्।अस्ति एक गतेबाट सुरुङको ड्याम खुलेको थियो र अहिले के भएको छ भन्ने केही थाहा नपाएको पिडीत स्थानीय बताउँछन्।

अहिले समाचार सम्पर्क भन्दा उनीहरू बाहिर रहेका छन्।मोबाइललाई चार्ज गर्न पाउने अवस्था पनि छैन।मोबाइलको नेटवर्कले पनि काम गरिरहेको छैन। अहिलेसम्मलाई भनेर केही अर्जेन्ट प्रयोगका लागि संचित गरेर केहीले राख्या छन्।घरमा भएका गाइवस्तुलाई थलैमा छोडेर माया मा’रे’र हिँडि रहेको अवस्था छ।मान्छे भाग्ने कि गाईवस्तु लिएर जाने ? मान्छेहरू दिनभर आफ्नै घरमा बिताएका थिए।केही रोकि एला अब यति धेरै बाढी नआउला भनेर सोचेका स्थानीय लाई पुन बाढी फर्किएर आउला भन्ने लागेको थिएन।

मेलम्चीको जुन किसिमको एउटा आकार,महिमा र अस्तित्त्व थियो तर प्रकृतिले यसलाई स्वाहा बनायो र अझै थाहा छैन कति यसलाई बित्यास पार्ने हो। कहाँनेर के भैरहेको छ,माथि को बजार त बगाइहाल्यो र अहिले लेदो जस्तो भल आइ रहेको छ।लाग्छ,पहाडबाट ठूलाठूला ढुङ्गाहरू समेत पल्टाउँदै पल्टाउँदै ल्याएको छ।बजार भग्नाअवशेषको रुपमा अलिअली बाँकी रहेको छ।तर भाग्यवस्,त्यति ठूलो मानवीय क्ष’ति हुन पाएको छैन।

जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तिन वटा हेलिकोप्टर आएका छन् । विपत्तिबारे गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ । थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गर्नुभएको जनाइएको छ ।

बाढीका कारण तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्ष’तबि’क्षत बनाएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार यी सबै बजारहरु बगरमा परिणत भएका छन्।सिन्धुपाल्चोक का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलेम्चीमा भएको क्षतिको विवरण आउन अझै समय लाग्ने बताएका छन्। मिडियासँग कुरा गर्दै उनले सामान्य पानीको बाहर राति घटेको र पुनः विहानबाट बढेको सूचना पाएको बताए।कृपया भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हामी निरन्तर अपडेट गरिरहेका छौँ।भिडियो:-

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!