Wednesday, September 22
Shadow

खोपले पनि काम नगर्ने अर्को भेरियन्ट फेला

एजेन्सी । महामारी सेलाउन नपाउँदै कोभिडले नयाँ नयाँ भेरियन्ट परिवर्तन गर्न थालेको छ । भारतवाट फेरी अर्को खतराको समाचार सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महामारीको दोस्रो लहर फैलिरहेको बेलामा फेरी नयाँ भेरियन्ट फेला परेको हो ।

जसलाई खोपले पनि प्रभाव पार्न सकेको छैन । यो थप संक्रामक रहेको र यसले मासिनको रोग प्रतिरोधात्मक क्षमतामै ह म ला गर्ने भाइरस भएको बताइएको छ ।

डेल्टा उत्परिर्वतन भएर बनेको नयाँ भेरिएन्टलाई भारतका वैज्ञानिकले ‘डेल्टा प्लस’ नामकरण गरेका छन्। यो थप संक्रामक रहेको चिकित्सक र वैज्ञानिकहरुले बताएका अहिलेसम्म यो नयाँ भेरिएन्ट भारतका ६ राज्यमा ८ वटा नमुनामा पुष्टि भएको छ।

अहिलेसम्म यो म्युटेसन फैलिएकोबारे वैज्ञानिकलाई थाहा हुन सकेको थिएन। किनकि भारतमा जिनोम सिक्वेन्सिङ पर्याप्त मात्रामा भइरहेको छैन। गत अप्रिल ५ देखि मे १५ सम्म परीक्षण गरिएका नमुनामध्ये ८ वटामा नयाँ म्युटेसन ९डेल्टा प्लस० देखिएको हो। जुन नमुना सबै डेल्टा भेरिएन्टबाट संक्रमित थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार यो भेरिएन्ट सबैभन्दा बढी तमिलनाडुमा ३ बिरामीमा देखिए पछि परिक्षण गरिएको थियो । त्यसवाट भारतमा यसले अन्य राज्यमा पनि प्रभाव पारिसकेको खुलेको थियो । यसबाहेक महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशका एक एक संक्रमितमा डेल्टा प्लस भेरिएन्ट देखापरेको छ।

दिल्ली, बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानका नमुनाको पनि सिक्वेन्सिङको नतिजा आउन बाँकी छ। खुला सिमानाका कारण नेपालमा पनि यसवारे सतर्कता अपनाउनु जरुरी छ । नेपालमा पनि यो भेरियन्ट भित्रन सक्ने खतरा छ ।

यो भाइरसले सीधै मानिसको शरीरमा रहेको एन्टिबडीमा ह म ला गर्छ। अर्थात् यो भेरिएन्ट यति शक्तिशाली छ कि यसले मानिसलाई पटकपटक संक्रमण गर्न सक्ने मात्र होइन, खोप लगाइसक्दा पनि संक्रमित हुने जोखिम देखिएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!