Sunday, September 26
Shadow

आज धनको वर्षा हुने यी ५ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७८ साल जेठ २६ गते बुधबार, तदअनुसार सन् २०२१ जुन ९ तारिख । ज्येष्ठ कृष्णपक्ष चतुर्दशी तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आज कुन कुन राशिलाई आर्थिक क्षेत्रमा लाभ मिल्दैछ :

मेष
आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ।

कन्या
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला
नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर
धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ ।

मीन
विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!