नायिका केकी अधिकारीकाे लोभलाग्दो सुन्दरता (फाेटाे फिचर)

लोकप्रिय नायिका केकी अधिकारीको चर्चा नेपाली सिने जगतमा लोभलाग्दो छ । पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा उनकाे जन्म भएको हो ।

केकी निकै चन्चल जिज्ञासु स्वभावकी छिन् । केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा २ दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी गर्दै आएकी थिइन् ।

केकीले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस, छक्का पन्जा ३ मा बलियो अभिनयले सबैको मन लोभ्याएकी छिन ।

केकीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी छन् । केकीले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन् । केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्।

उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट उतिण गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा अतुलनीय भुमिका निर्भाह गर्दै आएकी छिन् ।केकीको प्रथम अभिनय रहेको सिनेमा स्वर बाट नेपाली सिनेमामा प्रबेश गरेकी केकी नेपाली दर्शकको मनमा बस्न सफल भइसकेकी छन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनीले बेलाबेलामा केहि तस्विर र भिडियाेहरु सामाजिक संजालमा शेयर गरिरहन्छिन् । उनका तस्विर र भिडियाे दर्शकले निकै मन पराएका हुन्छन् र निकै राम्राे प्रतिकृयाहरु दिने गरेका हुन्छन् । हालै उनले एक फिल्मकाे लागि अाफ्नाे कपाल मुडान गरेकि छिन् । तर भने उक्त फिल्मकाे बारेमा भने केहि जानकारी दिएकि छैनन् ।

हेरौ उनले सार्वजनिक गरेका सुन्दर तस्बिरहरुः

२०७८ जेष्ठ १२, बुधबार प्रकाशित
error: Content is protected !!