देशभरका यी ७६ अस्पतालमा हुन्छ कोभिड संक्रमितको निःशुल्क उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ७६ वटा अस्पतालमा अब कोभिड संक्रमितको उपचार निःशुल्क हुने जानकारी दिएको छ । मन्त्रालयले सोमबार अध्यावधिक गरेको विवरणमा कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको जनाएको छ ।

सम्झौता गरिएका ७६ अस्पताल निजी तथा सरकारी दुवै छन् । यी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने र सो उपचारको खर्च सरकारले उपलब्ध गराउने जनाइएको छ ।

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित
error: Content is protected !!