Wednesday, September 22
Shadow

यी ४ राशिमाथि हुन्छ हनुमानको विषेश कृपा, जसका कारण सजिलै कमाउँछन् धन-सम्पत्ति

काठमाडौँ । हनुमानलाई हिन्दु धर्ममा चाडैँ प्रसन्न हुने देवताका रुपमा उपासना गरिन्छ। सच्चा मनले उपासना गर्नेहरुको हनुमानजीले मनोकामना पुर्ण गर्ने धार्मिक मान्यता छ।
हनुमानको उपासकहरुलाई कुनै पनि संकट वा बाधा नरहने विश्वास छ । तथापी ज्योतिषका अनुसार भने हनुमानजीको कृपा ४ राशीका ब्यक्तिले सहजै पाउने गर्दछन्।

१) मेष राशी
सम्पुर्ण राशीमध्ये मेष राशीमा हनुमानजीको विशेष कृपा रहने गर्दछ । यस राशीका जातकलाई कुनै पनि समस्या वा बाधा आइलागे हनुमानजीले तुरुन्त त्यसको निवारण गर्दछन् । यस राशीका जातकले हनुमानको उपासना गरेमा बुद्धि, कौशल र चर्तुराईं, धन प्राप्त गर्दछन्।

यो पनि पढ्नुहोस
घरको यस दिशामा हुन्छ धनका देवता कुबेरको बास, भूलेर पनि नगर्नुहोस् यी…
मात्र एक लोटा पानीले हटाउन सक्छ धन सम्बन्धी समस्या, यसरी गर्नुहोस्…

२) सिंह राशी
यस राशीका जातकमा समेत हनुमानजीको विशेष कृपा रहने गर्दछ । सिंह राशीका जातकमा आउने हरेक संकटबाट हनुमानजीले रक्षा गर्दछन्।
यस राशीका उपासकलाई हनुमानजीले ठूला दुर्घटना वा संकटबाट बचाउने गर्दछन् । हनुमानजीको कृपाले यस राशीका जातकलाई धन लाभ हुने वा जागिर र व्यवसायबाट सफलता पाउने गर्दछन्।

३) वृश्चिक राशी
वृश्चिक राशीका जातकमा हनुमानजीको विशेष कृपा रहन्छ । कुनै पनि कार्यको अड्चन निवारणमा वृश्चिक राशीका ब्यक्तिले हनुमानजी रक्षा कवचका रुपमा रहने गर्दछन् । यस राशीका हनुमान उपासकले धनसम्पती र प्रतिष्ठा प्राप्ती गर्दछन्।

४) कुम्भ राशी
मेष राशी पश्चात कुम्भ राशीका जातकमा भगवान हनुमानको विशेष कृपा रहने गर्दछ। यस राशीका ब्यक्तिले व्यावसायिक र व्यक्तिगत सफलता वा उपलब्धि हात पार्न हनुमानको उपासना गरेमा शिघ्र फल प्राप्त हुन्छ। यस राशीका हनुमान उपासकले वादविवाद तथा कानुनी मामलामा समेत वियज प्राप्त गर्दछन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!