Wednesday, September 22
Shadow

हरेक ठाउँमा भगवान छन देख्न सकिन्न तर यसरी तपाईले भगवानलाई प्राप्त गर्न सक्नुहुन्छ

प्रचलित पुरानो लोक कथाका अनुसार एकदिन भारतको महाराष्ट्रका प्रसिद्ध सन्त नामदेव आश्रममा आफ्ना शिष्यहरुलाई प्रवचन दिँदै थिए । उनी भक्ति तथा ज्ञानको महत्व सम्झाइरहेका थिए । त्यसैबेला एक चेलाले गुरुलाई सोधे कि ईश्वर हरेक ठाउँमा हुन्छन् भने किन देख्न सकिँदैन ? यदि भगवान छन् भने उनलाई कसरी प्राप्त गर्न सकिन्छ ?

सन्त नामदेवले अन्य शिष्यलाई एक लोटा पानी र थोरै नुन लिएर आउन भने । चेलाहरुले तुरुन्त यी दुई चिजहरु लिएर आए । आश्रममा उपस्थित अन्यले सोच्दै थिए कि पानी र नुनको यो प्रश्नसँग के सम्बन्ध रहेको छ । सन्त नामदेवले शिष्यलाई पानी र नुनलाई मिश्रित गर्न भने । चेलाले तुरुन्त गुरुको आग्रह पालना गर्दै त्यसै गरे । यसपछि गुरुले प्रश्न सोध्ने शिष्यलाई लोटा दिएर भने की तिमिले यस लोटामा नुन देखेका छौ ?

शिष्यले भने की नुन त पानीमा घुल्यो, नुनलाई देख्न सकिँदैन । तब गुरुले त्यस शिष्यलाई त्यो पानी चाख्न भन्दै नुनको स्वाद आएको छ ? भने । शिष्यले पानी चाखे र स्वाद नुनीलो पाए । यसपछि गुरुले पानीलाई केही बेर उमाल्न पठाए । उम्लिँदा–उम्लिँदा सबै पानी बाफ बनेर उड्यो । सन्तले शिष्यलाई लोटामा हेर्न भन्दै केही देखेका छौ ? भनेर सोधे । चेलाले लोटामा हेर्दै भने की गुरुजी पानी त बाफ बनेर उड्यो तर यसमा नुनको कण देखिएको छ । त्यसपछि सन्तले भने, तिमिले पानीमा मिसिएको नुन देख्न सकेनौ तर तिमिले त्यसको अनुभव गर्न सक्यौ ।

ठीक यसैगरि भगवान पनि यस श्रृष्टिको कण–कणमा रहेका छन् तर उनिलाई अनुभव मात्र गर्न सकिन्छ ।जब हामी नुनीलो पानीलाई उमाल्दा सबै पानी बाफ बनेर उड्यो र हामीले नुनको कणमात्र देख्न सक्यौं । ठीक यसैगरि भगवानलाई प्राप्त गर्नका लागि हामीले भक्ति, ज्ञान, ध्यान र धर्म–कर्मको माध्यमबाट स्वयं आफ्नो नकरात्मक पक्षहरुलाई हटाउनुपर्छ । मनको पूर्ण शुद्धिकरण पछि भगवानलाई प्राप्त गर्न सकिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!