Tuesday, September 21
Shadow

गौतम बुद्धको यो कुराले सेकेण्डमै बनाउनेछ तपाईलाई धनी !

वास्तवमा मानिसले जति धेरै पैसा कमायो उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्मको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् ।

तर, वास्तवमा त्यसो होइन । एक ब्यक्तिले ‘म कसरी गरीब भएँ ?’ भन्ने प्रश्नमा । भगवान गौतम बुद्धले दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ । र तपाईंको गरीबी एकै छिनमा हटेर जानेछ ।

प्राचिन कालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको तिलौराकोटमा बुद्धत्व प्राप्त नभएपछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्न गए । त्यहाँ उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले । सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।

त्यसक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’ प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।

त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’

यो पनी पढ्नुहोस्ः टाउको दुःखाईको समस्या छ ? यस्ता छन् उपचार गर्ने घरेलु विधी
काठमाडौँ- आजकल टाउको दुख्ने समस्या आम समस्या बनेको छ । गर्मी, कामको चाप, चिन्ता तथा अन्य कारणले पनि टाउको दुख्ने गर्दछ । सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै आफखुसी पेन किलर किनेर खाने गर्दछन् । तर यस प्रकारको औषधी सेवनले स्वास्थ्यमा विस्तारै गम्भीर असर देखा पर्दछ । तसर्थ टाउको दुखाईबाट बच्न घरेलु उपाय अपनाउनु राम्रो हुन्छ ।

१. अदुवाको चिया अत्यन्त धेरै टाउको दुख्यो भने अदुवा हालेको चिया पिउनु लाभदायक हुन्छ । अदुवामा हुने एन्टी–इन्फ्लेमेटरी तत्वले दुखाई लाई कम गराउँन भुमिका निर्वाह गर्दछ ।

२. कफि टाउको दुख्ने समस्याबाट राहत पाउन कफिको सेवन पनि उपयोगी हुन्छ । कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । यसले पेन किलरको काम गर्छ ।

३. मसाज पटकपटक टाउको दुख्ने समस्या छ भने टाउकोलाई तेलले मसाज गर्नु पर्दछ । मसाज गर्दा कपालको जरासम्म तेल लगाएर हल्का पटक पटक टाउको दुख्ने समस्याबाट लाभ मिल्दछ ।

४. गाईको दूध यदि औषधी सेवनले समेत टाउको दुखाई नियन्त्रण भइरहेको छैन भने नियमित गाईको दूध पिउनुहोस् । मन तातो दूध पिउँदा टाउको दुख्ने समस्या विस्तारै कम हुँदै जान्छ ।

५. पानी साधारण टाउको दुखाईबाट राहत पाउन एक गिलास पानी पनि उपयोगी हुन्छ । अझ मनतातो पानीमा कागतीको रस हालेर पिएमा टाउको दुखाई बिस्तारै कम हुँदै जान्छ ।

६. चिनी र धनियाँ रुघाखोकी वा ज्वरोका कारण टाउको दुखेको खण्डमा चिनी र धनियाँको पाउडर मिसाएर बनाएको एक गिलास पानीको घोल पिउँदा तत्काल आराम मिल्दछ । -एजेन्सीको सहयोगमा ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!