Wednesday, September 22
Shadow

शनि ग्रहका प्रिय हुन्छन् यी ३ राशि, जीवनभर मिल्छ सफलता नै सफलता !

ज्योतिषशास्त्रमा शनि ग्रहलाई न्यायको ग्रह मानिन्छ। साथै शनिलाई कर्मको ग्रह पनि भनिन्छ। कर्म अनुसार फल दिने भएका कारण यसलाई कर्मको ग्रह भनिएको हो। ज्योतिषशास्त्रका अनुसार शनिले राम्रो कर्म गर्नेलाई राम्रो फल दिन्छ भने नराम्रो कर्म गर्नेलाई सोहि प्रकारको फल दिन्छ।

कुण्डलीमा खराब स्थानमा रहेपनि कर्म राम्रो छ भने राम्रो फल दिने बताइन्छ। १२ राशि मध्ये केहि राशिमा शनिको कृपा रहन्छ। यी राशिहरुलाई जीवनभर शनिले लाभ दिलाउँछ। शनिको सधैँ कृपा हुने तीन राशि निम्न छन्।

तुला
तुला राशि हुनेहरु प्रभावशाली व्यक्तित्वका मालिक हुन्छन्। यिनीहरु इमानदार र सत्यवादी हुन्छन्। आफ्नै परिश्रमले प्रगति गर्न चाहने यस हुनेहरु माथि शनिको कृपा रहन्छ। यस राशिको स्वामी शुक्र ग्रह हो। यसका बाबजुत पनि शनिले यस राशिलाई विशेष कृपा दिलाउँछ। जीवनमा आइपर्ने धेरै जस्तो अशुभ पल हटाउन पनि शनिले यस राशिलाई सहयोग पुर्याउँछ। शनिको कृपा भएकै कारण तुला राशि हुनेहरु सामान्यतया आर्थिक सङ्कटमा पर्दैनन्।

कुम्भ
कुम्भ राशि हुनेहरु स्वभावले सरल र शान्त हुन्छन्। हरेक सम्बन्धमा वफादार रहने यिनीहरुको बानि हुन्छ। कुम्भ राशि हुनेहरुलाई सधै शनि ग्रहको कृपा हुन्छ। यस राशिको स्वामी ग्रह शनि हो। यहि कारणले गर्दा धनि ग्रहको कृपा कुम्भ राशि हुनेहरुसँग हुन्छ। नराम्रो र अफ्ठेरो परिस्थितिबाट कुम्भ राशिलाई जोगाउन प्राय शनिले भूमिका खेल्छ।

मकर
मकर राशि हुनेहरुको पनि स्वामी शनि ग्रह हो। जसकारण मकर राशि हुनेहरुसँग शनि ग्रहको विशेष कृपा हुन्छ। मकर राशि हुनेहरु जीवनमा जीवनभर तमाम सुख प्राप्त गर्छन्। आइपर्ने हरेक दुखबाट पनि शनिले यिनलाई जोगाउँछ। आर्थिक रुपमा आइपर्ने सङ्कट टार्न पनि शनिले मकर राशि हुनेहरुलाई सहयोग गर्छ। स्वास्थ्यमा पनि शनिले मकर राशि हुनेहरुलाई रक्षा गरेर राख्छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!