Sunday, September 26
Shadow

गरुँण पुराण अनुसार यसो गर्दा हुन्छ धन लाभ ।

आजभोलि धेरै मानिस धन कमाउन जुटने गर्दछन्। केही मानिस यता हुने गर्दछन्, जसले समयमै आफ्नो पैसाको सदुपयोग गर्न सक्दैनन् र जम्मा मात्रै गरेर राख्ने गर्दछन्।

यस्तो अवस्थामा उक्त पैसा सदुपयोग बिनै नास हुने सम्भावना हुने गर्दछ। आचार्य विष्णु शर्माले धन कमाएपछि गर्दै पर्ने केही कामका बारेमा बताएका छन्। जो शास्त्रमा उल्लेख गरिएका छन्।

आउनुहोस् जानौँ ती कामः दानं भोगं नाशस्तिस्रो गतयो भवन्ति वित्तस्य ।यो न ददाति न भुङ्क्ते तस्य तृतिया गतिर्भवति ।।

अर्थात, धनलाई दुई प्रकारले उपयोग गर्नु पर्दछ। दान र उपायोग। ता की धनको अधिक संचित गर्नु हुँदैन्। ध्यानसँग हेर्नुहोस् माहुरीद्वारा संचित धन अर्थात मह दोस्रो व्यक्तिले लैजाने गर्दछन्।

दान: पैसा कमाएपछि धनको पहिलो गति जो हुन आवश्यक छ, त्यो हो दान ।अर्थात हामीले कमाएको पैसाबाट केही भाग अवश्य दान गर्नु पर्दछ।

पुराणमा दानबाट प्राप्त हुने पुण्यका बारेमा बताइएको छ। शास्त्रका अनुसार दान गर्दा उस व्यक्तिलाई फल मिल्ने गर्दछ। दान गर्ने समयमा कुनै कुराको घमण्ड भने नगर्नुहोस्।

भोग: धनको दोस्रो गति हो भोग अर्थात उपयोग गर्नु। हामीले जुन पैसा कमाउने गर्दछौँ, त्यसको स्वयम् र परिवारका सदस्यका लागि खर्च गर्नु पनि त्यती नै आवश्यक हुने गर्दछ।

नास: जुन व्यक्तिले जीवन भर पैसा संचित गर्ने गर्दछ, उसको धन नास हुने सम्भावना अधिक हुने गर्दछ। किनकी उसको मृत्युपछि उसको पैसाको उपयोग दोस्रो व्यक्तिले गर्ने गर्दछ। यसको अर्थ यो हो की धन संचित त्यति मात्र गर्नु पर्दछ जति आफूलाई आवश्यक छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!