Thursday, September 23
Shadow

अस्पतालको शैयाबाट भाबुक हुदै बोले पूर्बराजा र मदनकृष्ण,प्रकाश

नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो। प्राप्त विवरणअनुसार उक्त जिल्लामा स’ङ्क्र मितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ।

यो अवस्था काठमाडौँ उपत्यकामा समेत देखिएको छ। भारतबाट आएका व्यक्तिको परीक्षण गरी उचित व्यवस्थापन नभई खुलमखुला नेपाल प्रवेश गर्दा समस्या जटिल भएको जनस्वास्थ्य विज्ञको अनुमान छ। हुन पनि विगत वर्षमा भारतमा भयावहस्थिति भएकोमा त्यहाँबाट आएका व्यक्तिका कारण त्यसको केही हप्तामै नेपालमा पनि महामारी फैलिएको थियो। यसपाली पनि भारतमा विश्वमै उच्च गतिमा महा’मारी फैलिएको केही हप्तामै नेपाल प्रभावित हुन पुगेको तथ्य स्पष्ट छ।

यसको मुख्य समस्या भनेको खुला सिमाना हो। भारतमा अक्सिजन नपाएर कोरोना स’ङ्क्र’मितको मृ’त्यु भएको समाचार बाहिर आइरहेकै छ। भारत कै अवस्था नेपालमा हुने हो की भन्ने चिन्ताका बीच सरकारको निर्देशनबमोजिम प्रभावित जिल्लामा अहिले निषेधको आदेश जारी गरेर सङ्क्रमण नियन्त्रणको प्रयास भइरहेको छ।

गृहमन्त्रालयबाट प्राप्त विवरणमा बिहीबारसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आं’शिक निषेधाज्ञको घोषणा भएको छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!