Thursday, September 23
Shadow

साउथकी चर्चित अभिनेत्री रश्मिका मन्डाना ११ तस्बिरमा हेर्नुहोस्

प्राय जसो दक्षिण भारतीय साउथ चलचित्र नेपाली युट्युबको ट्रेन्डिङमा नै परेका हुन्छन् । केही समय पहिले नेपालमा एक नम्बर ट्रेन्डिङमा रहेको फिल्म ‘डियर कमरेड’ले निकै चर्चा कमाएको थियो । उक्त चलचित्रले साता-दश दिनसम्म नेपाल ट्रेन्डिङमा कब्जा जमाएर बसेको थियो ।

त्यसको मुख्य आकर्षण थिइन् फिल्मकी अभिनेत्री रश्मिका मन्डाना । मोडलिङबाट सिनेमामा प्रवेश गरेकी रश्मिकाको सफलता र लोकप्रियताको असाध्यै छिटोछिटो अघि बढेको छ। सन् २०१६ मा ‘किरिक पार्टी’बाट फिल्मी क्षेत्रमा पाइला टेकेकी हुन् ।

त्यसपछि उनको लगभग सबै फिल्महरू हिट भए । लगातारका सफल सिनेमाले उनी तेलेगु र कन्नड सिनेमाकी अत्याधिक लोकप्रिय र सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनिसकेकी छन्।उनले १९ वर्षको उमेरमा सिनेमामा उनको डेब्यू गरेकी थिइन् ।

डेब्यू पछाडी उनले हालसम्म पछि फर्केर हिँड्नुपरेको छैन। त्यसयता उनी लोकप्रियताको उकाली चढेकोचढ्यै छिन्।उनै रश्मिकालाई हेरौँ तस्बिरमा ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!