मोडल अञ्जली अधिकारीले यस्तो अवतारमा सार्वजनिक गरिन् तस्बिरहरु (फोटो फिचर)

हरेक दिन जसो उनी म्युजिक भिडियो छायाङ्कनमा व्यस्त हुन्छिन् । व्यस्तताकै बाबजुद पनि उनी सामाजिक सञ्जालमा एक्टिभ भने भैरहन्छिन । प्रायः भिडियो छायाङ्कनका तस्बिरहरूलाई उनले आफ्नो फेसबुक वालमा साझेदार गरिरहेकी हुन्छिन् ।

यस्तैमा एक म्युजिक भिडियो छायाङ्कनका क्रममा उनको कैद भएका तस्विर भने अलि फरक शैलीको छ । हेलमेट लगाएर सारी चोलोमा बोल्ड अवतार दिने प्रयास उनले गरेकी छन् ।
कालो चस्माले उनलाई बोल्ड देखिन अझै साथ दिएको छ । आकर्षक शारीरिक बनावट र सुन्दरताले भरिएकी अञ्जलीले फिल्ममा पनि अभिनेत्रीको रूपमा प्रयास गरेकी थिइन् ।

अहिले सर्वत्र चर्चामा रहेको फिल्म ‘प्रेम गीत-३’ मा अभिनेत्रीको खोजी हुँदा उनले पनि अडिसन दिएकी थिइन् । अडिसनमा उनको चर्चा भए पनि सो कार्यमा सफल भने भइनन् ।














२०७८ बैशाख १८, शनिबार प्रकाशित
error: Content is protected !!