Thursday, September 23
Shadow

यसरी लक्ष्मीको पुजा गर्नुहोस्, जान्नुहोस् धन लाभ गर्ने उपाय ।

काडमाडौँ – साताको अन्तिम दिन अर्थाथ शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोग९विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो ।

त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ-अशुभ फल दिने गर्छ । शुक्रवारको दिन यी कामहरु गर्नुहोस् राम्रो मानिन्छ । शुक्रवार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ ।

शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शासत्रमा उल्लेख छ । जानकारहरुका अनुसार शुक्रवार दिन सेतो वस्त्र लगाउँदा निकै उत्तम हुन्छ । त्यस्तै शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ ।

आजको दिनमा चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र कुनै पुजारीको श्रीमतीलाई दान गर्दा फलिफाप हुन्छ भन्ने विश्वास रही आएको छ । आजको दिन घर छाडेर बाहिर हिड्दा पनि सेतो चन्दनको टिका लगाउन शास्त्रले भनेको छ । शुक्रवारको दिन भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईलाई पनि बाँड्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्छ

यसरी गर्नुहोस् लक्ष्मी र शुक्र ग्रहको पुजा, जान्नुहोस् धन लाभ गर्ने उपाय

शुक्रवार लक्ष्मीको विशेष दिन हो । लक्ष्मी धनकी देवी हुन् । त्यसैले धन प्राप्त गर्न चाहनेले लक्ष्मीको आराधना गर्नुपर्ने धार्मीक विश्वास छ । आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्ने धार्मीक प्रचलन छ । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे घरमा धनका साथै समृद्धि हुने धार्मिक विश्वास गरिन्छ ।

माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । स्वास्थ्यका हिसावले पनि सातामा एक दिन ब्रत बस्नु निकै राम्रो मानिन्छ । हिन्दु धर्ममा अपनाइने कतिपय कुरा वैज्ञानिक रुपले पनि फाइदाजनक हुने पुष्टि भइसकेका छन् ।

सन्तोषीमाताको व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ । शुक्र ग्रहको पूजाः शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ ।

जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सुद्दिकरण गर्नुपर्छ । शुक्रले मुख्यरुपमा हाम्रो जीवनको सुखसँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको पूजा गर्नाले प्राप्त हुने विश्वास गरिन्छ ।

शुक्रलाई प्रसन्न पार्ने उपायः शुक्र ग्रहको पीडा भोग्नुभएको छ भने यसको शान्ति सुद्दिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!