Sunday, September 19
Shadow

हत्तपत्त हार मान्दैनन् यी राशिका व्यक्ति, जस्तोसुकै परिस्थितीको पनि सामना गर्छन

हरेक मानिस आफुले गरिएको काममा सफलता प्राप्त गर्न चाहन्छन्, तर सफल ति मान्छेहरु हुन्छन जोसंग निश्चित संकल्प र आत्मविश्वास हुन्छ।

ज्योतिष शास्त्रअनुसार जसको कुण्डलीमा तीन ग्रह शुभ स्थितिमा रहने गर्दछन्, उनीहरुलाई कुनैपनि काममा निराशा प्राप्त हुदैन । पहिलो शुभ ग्रह हुन्छ शनि, यस ग्रहको कुण्डलीमा शुभ स्थितिमा भए भाग्यले सधै साथ दिने गर्दछ।

दोस्रो र तेस्रो ग्रह हुने गर्दछ मंगल र बृहस्पति। यी दिनहरुमा शुभ स्थिति व्यक्तिलाई सधै सफलता प्राप्त हुने गर्दछ । १२ राशिहरुमध्ये ३ राशि यस्तो हुने गर्दछन् जो कुनैपनि अवस्थामा पनि हार मान्दैनन् । यी तीन राशिहरु धन, सुख-समृद्धि र आफ्नो जीवनमा प्रतिष्ठा बनाउनमा सधै सफल रहने गर्दछन् ।

मेष राशि : मेष राशि हुने व्यक्ति आफ्नो नेतृत्व क्षमताको कारण सधै आफ्नो क्षेत्रमा अब्बल रहने गर्दछ। यी मानिसहरु आफ्नो बुद्धि कौशलता र आत्मविश्वासको बलमा हरेक काममा सफलता प्राप्त गर्ने गर्छन् । साथै यी व्यक्तिहरु राम्रो नेता र चर्चित वैज्ञानिक पनि हुने गर्छन ।

धनु राशि : धनु राशि, जो आफ्नो हरेक काममा सफलता पाउनको लागी ठुलै क्रान्तिकारी निर्णय लिने गर्दछन् । यस राशिको मानिसहरु ठुलो भन्दा ठुलो निर्णय तुरुन्त नै लिने गर्दछन् । आफ्नो कामलाई सफल बनाउनको लागी ज्यान दिएर मिहिनेत गर्ने गर्दछन् । यस राशिको व्यक्तिहरु निकै नै अनुशासित हुने गर्दछन् । निश्चित समयमा नै आफ्नो काम पूरा गरि सफलता प्राप्त गर्ने गर्छन ।

मकर राशि : यो राशिका व्यक्तिहरु आफ्नो क्षमताको कारण उच्च पद प्राप्त गर्नमा सफल हुने गर्छन्। शनि र मंगलको विशेष कृपा यस राशिको मानिसहरुमा रहने गर्दछन्। यस राशिको व्यक्तिहरु आफ्नो मिहिनेतको कारण धन, मान-सम्मान र प्रतिष्ठा प्राप्त गर्नमा सफल हुने गर्छन् । यस राशिको व्यक्तिहरु जुन कामको पछाडि लाग्दछन् त्यसलाई पूरा गर्नको लागि पुरै मिहिनेत गर्ने गर्दछन् । यिनीहरुको यही खूबी सबैभन्दा ठुलो पूजी हुन्छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!