Wednesday, September 22
Shadow

कोरोनाको बढेपछि देशभर लागु हुँदैछ यस्तो नियम, सरकारले पनि जा रि गर्यो यस्तो सूचना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले को’भिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गर्नुभएको हो । उहाँले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताउनुभएको छ ।संक्रमणको संख्या दोब्बर भइरहेको भन्दै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत देखिएको बताउनु भएको हो ।

मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा धारणा राख्दै डा. गौतमले सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठकलगायतका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको छ । भी’डमा सरिक हुने र मास्क नलगाइ हिँड्दा संक्रमण थप फैलिँदै गइरहेको उहाको भनाई थियो ।यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रो’ग ऐ’न २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो ।

“आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार का’रवाही गर्न गराउन सबैमा अपिल छ”, उहाँले जारी गरिएको अपिलमा उल्लेख छ । आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफँैले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ ।सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फै’लिने खालका गतिविधि भइरहँदा अवस्था अझ ख’राब हुँदै जाने देखिने बताउनुभयो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!