Sunday, September 19
Shadow

बिहानीपख यस्ता चिज देख्न पाइयो भने तपाईको पुरै दिन शुभ हुनेछ,के हुन् ती चिज ?

तपाईं बिहान घरबाट निस्कने बेला के कुरा देख्नुभयो, त्यसले तपाईंको दिनबारे थाहा हुने समुद्रशास्त्रमा उल्लेख छ । तपाईंको बिहानी राम्रो भयो भने दिन पनि राम्रो हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने दिन शुभ र अशुभ हुन्छ त ? यहाँ हामीले समुद्र शास्त्रमा उल्लेख भएका केही कुरा पस्किएका छौं ।

– चट्ट श्रृंगार गरेकी स्त्री : तपाईंले बिहान उठ्ने बित्तिकै श्रृंगार गरेकी स्त्री देख्नुभयो भने तपाईंको दिन शुभ हुने छ । यतिमात्र होइन, उठ्ने बित्तिकै रातो कपडा लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो ।– आगो : तपाईले बिहान उठेर कतै निस्कदै गर्दा आगो देख्नु भयो भने त्यो शुभ संकेत हो । यसले तपाईंको दिनलाई उर्जाशील बनाउने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

– धर्मग्रन्थ : तपाईंले बिहान उठ्ने बित्तिकै धर्मग्रन्थ देख्नुभयो भने तपाईंको दिन राम्रो हुन्छ । अझ धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको व्यक्तिलाई देख्नुभयो भने तपाईंलाई लाभ मिल्छ ।– गाई : हिन्दु धर्ममा गाईलाई भगवानको रुपमा पूजा गरिन्छ । यदि तपाईंले बिहान उठ्ने बित्तिकै गाई देख्नु भयो भने पनि त्यसको संकेत शुभ हुन्छ । अझै कालो रंगको गाई देखिनु त झनै उत्तम हो ।

मानिस दुईवटा ठुला शक्तिकोबीचमा हुन्छ । पहिलो ब्रह्माण्डीय शक्ति, जसमा ग्रह राशि तथा नक्षत्र हरुको प्रभाव नित्य रुपमा परिरहेको हुन्छ भने अर्काे जमिनबाट आउने भू–चुम्बकीय तरङ्ग । यी दुईवटा शक्तिकोबीचमा रहेर मानिसले दैनिक संङ्घर्स गरिरहेका हुन्छन् । कसैलाई थोरै मिहेनत गरे पनि राम्रो परिणाम प्राप्त भईरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा पनि सोचेअनुसार भईरहेको हुँदैन ।

यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबैजना सुखी तथा आनन्द तरिकाले जीवन बिताउँथे । मानिस सुखी या दुखित् यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ ।आफूले कस्तो कर्म गरिएको छ, त्यसको फल समयअनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनिशास्त्रमा शनिकाबारेमा लेखिएका थुप्रै ग्रन्थहरु छन्, जसमा शनिलाई न्यायाधीशका रुपमा व्याख्या गरिएको छ । शनिको रुप कालो छ, न्यायाधीशको उपाधिका कारणले कहिल्यै पनि शनिले मानिसलाई धोखा दिँदैन, यसर्थ न्यायालयमा कालो कोट र तराजु राखिएको हो, न्यायको लागि ।

शनिले राम्रो तथा नराम्रो कामको परिणाम तुरुन्तै दिने हुनाले मानिसले शनिकोबारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुख कस्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ । नवग्रहमध्ये सबैभन्दा ढिला हिड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!