Tuesday, September 21
Shadow

एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ ! सक्दो शेयर गर्नुहोला

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा मसाल लगाएतका साना दलको मोर्चाले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैनदेश बेच्न पाइँदैन‘एमसीसी परियोजना खारेज गर लगायतका नारा लगाएका थिए ।यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं

एमसीसी सम्झौता चाहिँदैन नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’,लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अघि बढाउन बिभिन्न दलसंग छलफल गरेपछि साना दलहरुले यसको बिरोध गरेका हुन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!