Thursday, September 23
Shadow

वैशाख ९ गतेदेखि एक साता लकडाउनको घोषणा, पूरा पढ्नुहोस्

बाँके | बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन घोषणा गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

‘सातायता संक्रमण उच्च भएको छ, यसलाई रोकथाम गर्न लकडाउन गर्नुको विकल्प छैन,’ प्रमुख जिल्लाअधिकारी शिवराम गेलालले भने, ‘पहिलो चरणमा एक हप्ता मात्रै लकडाउन हुन्छ।’ पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ ।

यो पनि पढ्नुहोस्: भिम रावल गर्जिदै भने : देशघा’ति एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको, कर्तव्य हो । काठमाडौं : नेकपा एमालेका निल’म्बित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको क’र्तव्य रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सभामुखले एमसीसीसँगको स’म्झौता संसदमा रोक्न पाउने अधिकार छ भनेर प्रश्न गरेको प्रसंग को’ट्याउँदै नेता रावलले एमसीसी रोक्नुपर्ने तर्क गरे । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले लेखेका छन् ।

सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनुभएको रहेछ । देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो । यस्तो कर्तव्यप्रति देशघा’तीहरूमा भने घृणा हुन्छ ।

यो पनि: ओली सरकारले दिनी भयो आज बाट काठमाडौँ बासीलाई यस्तो सुविधा । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन ।

केन्द्रमा हालिएको पानी शुक्रबार देखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने ।

“सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खाने पानी लिमिटेड (के यूके एल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुने छ ।”

उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने छ । काठमाडौँ उपत्यका खाने पानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने , “यो पाइपको परीक्षण मात्र हो, पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरे र पठाएपछि मात्रै पिउन मिल्छ ।”

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलो मिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ । via-onlinenews

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!