Thursday, September 23
Shadow

आयो नयाँ जापान का’ण्ड: सिनेमाको हिरोईन जस्ती श्रीमतीलाई धो’का दिएर जापानमा यस्तो लि’ला

काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दुई खेल जित्दै फाइनल दाबेदारी बलियो बनाएको छ । नेदरल्याण्ड्स र मलेसियालाई समान ९ विकेटले पराजित गर्दा नेपालका कुशल भुर्तेल र आसिफ शेखले शानदार ब्याटिङ गरे ।

पहिलो विकेटका लागि दुवै खेलमा शतकीय साझेदारी, डेब्यु खेलमा दुवैको अर्धशतक, अनि टी–२० अन्तर्राष्ट्रियमा कुशलको लगातार दोस्रो अर्धशतक । यसअघि सुनिंदै आएको नेपालको ओपनिङ समस्या, नेपालको ब्याटिङ चलेन जस्ता विषय अहिले सामसुम भएको छ । त्यो काम कुशल र आसिफले गरेका छन् ।

शनिबार नेदरल्याण्ड्सविरुद्ध घरेलु मैदानमा पहिलो टी–२० सिरिजको खेलअघिसम्म पनि नेपालको ओपनिङ कसले गर्ने निश्चित थिएन । कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने तय थियो, उनलाई कसले साथ दिने भन्ने मात्र प्रश्न थियो ।

कुशल भुर्तेल र आसिफ शेख दुवैले यसअघि टी–२० अन्तर्राष्ट्रिय खेलेका थिएनन् । दुवै जना ज्ञानेन्द्रसँगै ओपनिङ गर्न प्रतिस्पर्धामा थिए । आसिफले घरेलु प्रतियोगितामा एपीएफबाट ओपनिङ गर्दै आएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!