Thursday, September 23
Shadow

वैशाख ०५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मनमुटाव पनि होला । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । केही दण्ड जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइ लेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ । काममा उत्साह जाग्नेछ । नोकरीमा पदोन्नति, व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हात लागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला । सन्तानबाट प्रसन्नता मिल्नेछ । साथै, टाढाको यात्रा पनि होला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मानहानि वा अपजशको सम्भावना छ । कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ । धनधान्य लाभ, कृषि कर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस पुर्याउनु होला । निजी व्यवसाय र कृषि कर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । कर्जा र चोट पटक लाग्न सक्छ, सावधान रहनु होला । यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरी हुनेहरूका लागि पदोन्नतिको समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सवारी तथा हात हतियारको उपयोग सावधानी साथ गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिवारजन, बन्धु बान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
उत्तम रोजगारी मिल्नेछ । नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाँउबाट आर्थिक लाभ पनि होला । नँया उद्योग धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!