Thursday, September 23
Shadow

तँ सा’ले, डा’का, दे’शद्रो’ही कम्युनिष्ट” जस्ता तु’च्छ शव्द प्रयोग गर्दै मन्त्री बस्नेतले केशवलाई अन्ततवर्तामै यसरी थर्काए (भिडियो सहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र नेकपा (एमाले) नेता केशब बडालबीच पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा चर्काचर्की परेको छ। आज राति प्रसारण भएको कार्यक्रममा नेताद्धय बस्नेत र बडालबीच चर्काचर्की परेको हो ।

प्राइम टिभीको युट्युब च्यानलमा राखिएको ५२ मिनेट ६ सेकेण्डको पूरा भिडिओ राखिएको छ । भिडिओको ३५ मिनेटमा पत्रकार धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै काम त गर्नुभएको छ नि ? भनेर आफ्नो कुरा राख्छन् । धमलाको जिज्ञासा भुईँमा खस्न नपाउँदै नेता बस्नेतले जवाफ फर्काए-“काम गर्नुभएको छ भन्या, वाईडबडी किनेर ल्यायो ? ख्वाप्प । चार अर्बको हिसाबकिताब छैन् ।”

यत्तिकैमा एमाले नेता बडालले नेता बस्नेतलाई फटाहा कुरा गरिराखेको दाबी गर्छन् । तर, बस्नेत झनै आक्रामक रुपमा प्रस्तुत भए । उनले तुरुन्तै जवाफ फर्काए-“तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ । बढि कुरा गर्ने ? के शब्द प्रयोग गरेको ? सम्हालिएर बोल्नुहोस । फटाहा भन्ने ? त्यसो नभन्नुहोस ।”

उता, बडालले भने विनम्र भएर तपाईँले असत्य बोल्नुभएको छ भनेर जवाफ फर्काउँछन् । तर, बस्नेत झनै आक्रमक रुपमा प्रस्तुत हुँदै भन्छन्-“फटाहा किन भन्छस ? साले, डाका, देशद्रोही कम्युनिष्ट । फेरि बडाल बोल्न खोज्छन् । तर, बस्नेतले ‘चुप’ भन्दै कडा रुपमा आफूलाई प्रस्तुत गर्छन् । अब बाँकी भिडियोमा हेर्नुस्:(भिडियोको ३५ मिनेटबाट च’र्काच’र्की सुरु हुन्छ)

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!