Sunday, September 19
Shadow

पूर्व राजा ज्ञानेन्द्रको अभिव्यक्तलाई भारतले दियो गम्भीर चासो,उनले बोले,”हिन्दु धर्म माथि चौतर्फी आक्रमण हुँदै छ,सबैले मिलेर बचाऔँ “

गणतन्त्र स्थापना भएपछि प्राय मौन रहेका पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला आफ्नो सार्वजनिक कार्यक्रममा विशेषगरी केही धार्मिक कार्यक्रमहरूमा आफ्नो सक्रियता बढाउँदै गइरहेको पाइन्छ। भर्खरै मात्रै भारतको हरिद्वारमा सुरु हुँदै गरेको कुम्भ मेलामा पुगेका ज्ञानेन्द्र शाहले यतिबेला हिन्दु धर्ममाथी बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले हिन्दु धर्म विश्वकै सबैभन्दा पूरानो धर्म हो र यसले समग्र विश्वकै आदर्श,मूल्यमान्यता,दर्शन र मानवतालाई डोर्‍याएर हिँडेको उल्लेख गरे। उक्त कार्यक्रममा राजा ज्ञानेन्द्रको भनाइलाई भारतीय संचार माध्यमहरूले गम्भीर चासोको रुपमा लिएर सोही अनुसार सम्प्रेषण गरेका छन्।

उक्त भ्रमणमा पूर्व राजासँगै उनकी धर्मपत्नी कोमल शाह पनि सहभागी थिइन्। कुम्भ मेलामा ज्ञानेन्द्रलाई महामहेश्वर कैलाशानन्द गिरीले स्वागत सत्कार गरि आशिर्वाद दिएको अवसरमा पूर्वराजाले यस्तो प्रतिक्रिया दिएका हुन्।

सम्बोधनको क्रममा ज्ञानेन्द्र शाहले भनेका छन् ‘हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्- तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन् । नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव- सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन्।’

तर बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएकोमा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका थिए ।
अब हामीले हाम्रो धर्म बचाउनू छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नूछ । भगवान रामले भन्नूभएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ’ शाहले भनेका छन् ।

शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् ‘यी नै प्रयोजन हेतू यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहां उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पूगोस् । यही अवधारणा छ मेरो । फेरि पनि सबैमा साधूवाद । धन्यवाद !

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!