Thursday, September 23
Shadow

वास्तवमै डोजरवाली संघर्षशील रहिछन्,उनको यो अन्तर्वार्ताले साँच्चै स्तब्ध बनायो।

भर्खर सामाजिक संजालमा डोजरवालीको नामले प्रख्यात दोलखा फस्कुकी डोजरचालिका करुणा बस्नेत वास्तवमै सुन्दर,शालीन र संघर्षशील महिला रहिछन्। उनले अन्तर्वार्ताका क्रममा आफ्नो संघर्षका कथालाई यति मीठो एवम् सरल शैलीमा प्रश्तुत गरिरहँदा सुन्ने जोकोहीलाई पनि मोहित पार्न सक्थ्यो। सामान्यतया,यो उमेरमा अधिकांश महिलाहरू विवाह गर्ने,साथीसंगीसँग रमाउने तथा रोमान्समा आफ्नो समय व्यतीत गरेको पाइन्छ। यद्यपि करुणा बस्नेतको व्यक्तित्व अरु सामान्य महिला भन्दा फरक भेटियो।

उनको अनुसार उनी परीवारकी सबभन्दा कान्छी छोरी हुन्।कान्छी छोरी भएतापनि उनी बढी व्यवहारिक ठान्छिन् आफूलाई। उनले गरिरहेको काम उनको परीवारलाई थाहा थिएन। किन थाहा नदिनुभएको भनेर सोध्दा उनी भन्छिन्,” मेरो बुबाआमा बुढा भैसक्नुभएको छ। उहाँहरूलाई यदि मैले सोधेर यो काम सुरु गरेको भए सायद मलाई दिनुहुन्न थियो पनि होला। फेरि यो काम अलिक रिस्की र ड्यान्जर काम पनि हो।छोरी मान्छे भीर पाखामा त कसले पठाउँछ होला र ? ”

त्यसकारण आफूले बुबाममीलाई थाहा नै नदिइकन आफूले सिकेर लाइसेन्स निकालेको बताएकी छिन्। “त्यसो गर्दा बुबाममीलाई कन्भिन्स पनि गर्न सकिएला लाग्या थियो। म आफ्नो फ्यामिलीको कारणले आफ्नो पाइला पछाडी हटाउन पनि चाहन्न थिएँ। र मेरो बुबाममीले भनेको नमान्दा उहाँहरूको चित्त पनि दुख्न सक्थ्यो तर म उहाँहरूको चित्त दुखाउन पनि चाहन्न थिएँ।म आफू पहिले केही गर्छु र त्यसपछि उहाँहरूलाई भन्छु भन्ने सोच भएको भएर मैले उहाँहरूलाई नभनेको हो।”,उनले भनिन्।

आफ्नै जन्मभूमिमा केही गर्छु भन्ने उनको दृढ अठोट भएकै कारणले उनले केही गर्ने सिलसिलामा यो काम रोजेर आफू स्थापित हुने भनेर अगाडि बढ्ने कोसिस गरेको बताइन्। उनी भन्छिन्,” आफ्नो हातमा सीप हुनुभन्दा ठूलो कुरो केही रहेनछ।”

अनि विवाहको बारेमा चाहिँ के सोच्नुभएको छ नि भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्,”विवाहको विषयमा आफूले अहिले केही नसोचेको र यो जन्म,मृत्यु र विवाह भन्ने कुरा हामीले चाहेर भन्दा पनि माथिबाटै लेखेर आउने कुरा हो।”
उसो भए अहिलेसम्म मन खाने मान्छे भेट्नुभएको छैन भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छिन्,” ठीकै छ बिहे गर्ने बेला भएकै हो,घुमाएर सोध्नुभयो ठीकै छ।तर यसमा पनि देखेको भन्दा लेखेको पाइन्छ।,” भन्दै जवाफ दिइन्।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!