Sunday, September 26
Shadow

चितवनमा बन्दै गरेको पुल भत्किनु को कारण के हो भारतमा गएको भूकम्प वा कम्जोर सामाग्रीको प्रयोग ?

चितवनको भरतपुर महानगरपालिका– १ ठिमुरादेखि देवघाट गाउँपालिका– ५ को घिनटार जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको छ ।सोमबार राति भारतमा गएको भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएपछि उक्त पुल सोही कारण भत्किएको हुनसक्ने आशंका गरिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन इन्जिनियर कृष्ण राज अधिकारीले बताए ।

४०–४० मिटरको चार स्थानमा बीम राखेर निर्माण गरिँदै गरिएको पुलको ८० मिटर भत्किएको अधिकारीले जानकारी दिए ।४० मिटर बनिसकेको पुल भत्किँदा थप ४० मिटर भत्किएको उनले बताए । उनका अनुसार २२० मिटर लामो लम्बाइ र ८.५ मिटर चौडाईको पुलको ८० मिटरमा ढलान भइसकेको थियो ।

ढलान भएको २१ दिनमा नै पुल भत्किएको छ । उनले भने, ‘यो पुल प्रिस्ट्रेसिङ पुल हो । यस्तो पुलको निर्माण गर्दा ढलान गरेको २८ देखि ५० दिन भित्र ढलान भित्रबाट मेसिनले तान्नुपर्ने हुन्छ ।भित्रबाट केबल राखेर नतान्दासम्म सर्पोटहरुमा हल्का मात्रै हल्लियो भने पनि पुल भत्किने सम्भावना हुन्छ ।’ पुल इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा निर्माण गरिरहेको बताइएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!