Tuesday, September 21
Shadow

लक्ष्मी लाई सधैं, यी ७ ओटा चिज चढाउनुस्, कहिल्यै धनको अभाव हुनेछैन

हिन्दुधर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको रुपमा पनि मानिन्छ।लक्ष्मीलाई खुसी पार्न सके धनी भइन्छ भन्ने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ ।

त्यसैले आज हामी तपाईहरुलाई लक्ष्मी मातालाई कसरी खुसी पार्ने र सम्पन्न बनाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।
१) धनका मालिक भनिएका कुबेरको मूर्ति घरमा राखे लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । कुबेरले लक्ष्मीको रक्षा गर्ने भएकोले कुबेरको मूर्ति राख्ने ठाउँ सफा हुनुपर्ने छ ।

२) श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । धर्मशास्त्र अनुसार श्रीफल भनेको पनि लक्ष्मी नै हुन् ।
३) पारोले बुनेका चित्र वा मूर्ति घरमा राख्नु फलदायी मानिन्छ भने पारोले बनाएका जुनसुकै कुराहरु राख्नु लक्ष्मीको लागि विशेष मानिन्छ ।

४) समुन्द्रबाट उत्पति भएकी भनिएकी लक्ष्मीलाई मुगा निकै मन पर्ने धार्मिक शास्त्रमा उल्लेख छ। मुगा चढाउँदा धन प्राप्त हुने विश्वास छ ।
५) चाँदिले बनेका लक्ष्मी र गणेशका मूर्ति एकै ठाउँमा राख्नु राम्रोे मानिन्छ । घरमा राखिएका यस्ता मूर्तिको पुजा दैनिक रुपमा गरिनुपर्ने छ ।

६) लक्ष्मीलाई खुसी पार्ने अर्को उपाय हो श्री यन्त्रको प्रयोग र यसको पुजा गर्नाले लक्ष्मी खुसी हुने विश्वास रहेको छ।
७) कमलको बियो लक्ष्मीलाई चढाउँदा लक्ष्मी प्रसन्न हुने विश्वास रहेको छ । कमलको बियोले घरमा धनको वृद्धि हुने छ।

वडा तहसम्म कमिटी बनाउने नेपाल समूहको घोषणा
२१ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । साथै पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ ।

अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो । शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

दुई महिने अभियानका क्रममा वडा तहसम्म पार्टी र जनसंगठनका संगठन बनाउने नेता रघुजी पन्तले जानकारी दिए ।
अधिवेशनबाट निर्वाचित कमिटीहरुलाई बाइपास गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानान्तर कमिटीहरु बनाएकाले त्यसको प्रतिरोध गर्नु बाध्यात्मक कदम भएको उनले बताए । ‘जहाँ-जहाँ निर्वाचनबाट आएका कमिटीहरु छन्, उनीहरुले आफ्नो काम गर्छन् र तलसम्म गएर कमिटीहरु बनाउँछन्,’ बैठकपछि नेता पन्तले भने, ‘जहाँ उहाँ (केपी ओली)ले फेरि समानान्तर कमिटीहरु बनाउनुभएको छ, त्यहाँ पनि समानान्तर कमिटीहरु बन्छन् ।’

त्यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइनेछ ।
यो अभियान पार्टी एकताको रक्षाका लागि भएको नेता योगेश भट्टराईले बताए । एमालेको एकता संकटमा रहेको भन्दै उनले भने, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारीका स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

साथै ४ र ५ चैतमा भएको राष्ट्रिय कार्यकर्ता भेला तथा केन्द्रीय र स्थायी कमिटी सदस्यह्रुबाट आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ भने पार्टीमा उत्पन्न अन्तरविरोधको राजनीतिक, वैचारिक, संगठनत्मक पक्ष तथा पार्टीमा देखा परेको कार्यशैलीगत समस्यालाई समेटेर प्रशिक्षण सामाग्री बनाउने र देशभर पठाउने निर्णय समेत नेपाल समूहको बैठकले गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!