Wednesday, September 22
Shadow

यो वर्ष कलाकारहरूको होली – १४ तस्बिरमा हेर्नुहोस्

फागु अर्थात् होली भन्ने बित्तिकै रङको वर्षा गर्ने दिन भनेर बुझिन्छ । होली हिन्दुहरूको प्रमुख चाडमध्ये एक हो । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफैँ आगोमा भस्म भएकी थिइन् । सोही खुसीको उपलक्ष्यमा त्यही दिनदेखि होलीका पर्व मनाउन थालिएको मानिन्छ ।

होली रङहरुको चाड हो । होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रंगिन बनाउँछन् । हाम्रो समाजमा साना नानीदेखि बृद्ध बृद्धासम्मले होली खेलेको देख्न सकिन्छ । विगतका वर्षहरुमा हाम्रा कलाकारहरु पनि विभिन्न कार्यक्रम र सार्वजनिक ठाउँमा भेल भएर होली खेल्ने गदर्थे ।

कोरोनाका कारण यो वर्षको होलीमा त्यति रौनक पूर्ण छैन । किनभने आफन्त वा सिमित व्यक्ति माझा होली मनाउनुपर्ने बाध्यता छ । तैपनि कलाकारले आजको दिन आफ्नै तवरले रङसँग खेल्दै होली सेलिब्रेसन गरिरहेका छन् । अधिकांश कलाकारले आफ्नो सामाजिक सञ्जालमार्फत होलीका तस्बिर समेत शेयर गरेका छन् ।

शेयर गरिएको तस्बिरमध्ये केही कलाकारले अघिल्लो वर्षहरूको तस्बिर शेयर गर्दै होलीको सम्झना गरेका छन् भने केही अहिलेकै तस्बिर शेयर गरेर होलीको खुसी साटेका छन् । सामाजिक संजाल बाट लिएका केही तस्विरहरू हेर्नुहोस्ः



















१०

११

१२

१३

१४

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!