Sunday, September 19
Shadow

धन लाभ हुनुअघि मिल्छन् यस्ता संकेत ॐ लेखी पुरा पढ्नुस

हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ ।

त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।
त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।

विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

जो व्यक्ति सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

जब साँचो प्रेम र विश्वासको कुरा हुन्छ, तब सबैभन्दा पहिला भगवान् श्रीकृष्ण र राधाको प्रेम जोडिन्छ ।कसैको प्रेम सफल हुने बित्तिकै हामी वाह ! कस्तो प्रेम राधा-कृष्णको जोडीजस्तो लगायतका शब्दबाट तारिफ गर्छौ । तर, राधा र कृष्णबीच अत्यन्तै निकट प्रेम भए पनि विवाह भने हुन सकेन । किन त ?आज हामी तपाईलाई श्रीकृष्ण र राधाको प्रेम किन विवाहरुमा परिणत हुन सकेन भन्ने बारेमा जानकारी गराउँदै छौ ।यस्तो पनि मान्यता छ कि, राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन् ।

किनभने उनलाई लाग्थ्यो कि, उनी महलको जीवनका लागि बनेकी थिइनन् ।उनी एक ग्वाली थिइन् । तर, मानिसहरु श्रीकृष्णलाई कोही राजकुमारीसँग विवाह भएको हेर्न चाहान्थे । श्रीकृष्णले राधालाई सम्झाउन धेरै कोशिस गरे तर, राधा आफ्नो दृढताबाट पछि सरिनन् ।भनिन्छ, सामाजिक नियमको दलदलमा फसेर राधा कृष्णको प्रेम कहानी अधुरो भएको थियो । उनीहरुको प्रेमका बीच पनि सामाजिक नियमले खलनायकको भुमिका खेल्यो । राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमीले उनीहरुको विवाहको अनुमति दिएन ।व्रह्मवैवर्त पुराणका अनुसार पृथ्वीमा आउनु भन्दा अगाडि राधाको श्रीकृष्णकी सेविकासँग बहस भएको थियो ।

जसका कारण श्रीकृष्णकी सेविकालाई राधाले राक्षसरुपमा पैदा हुने श्राप दिइन् । श्रीदामाले पनि राधालाई उनी मानवरुपमा जन्मिएका बेला आफ्ना प्रियतमसँग १०० वर्षको लागि बिछोड हुने श्राप दिएकी थिइन् ।भनिन्छ, भगवान् श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् उनी यो साबित गर्न चाहान्थे कि प्रेम र विवाह फरक कुरा हुन् । प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो । – एजेन्सीको सहयोगमा

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!