Thursday, September 23
Shadow

बागलुङमा होली मनाउदा ‘झडप’, करिब १५ युवा यसरी भिरबाट खसेको आशंका (भिडियोसहित)

बागलुङमा होली मनाउदा ‘झडप’, करिब १५ युवा यसरी भिरबाट खसेको आशं’का (भिडियोसहित)
बागलुङको बडिगाड–१० दर्लिङ बल्देधुरीमा युवा समूहबीच झ-डप हुँदा दुई जनाको मृ’त्यु भएको छ ।

फागु पूर्णिमाको अवसर पारेर घुमघामका लागि बल्देधुरीमा गएका दुई यूवा समुहविच झ डप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी नायव निरिक्षक मंगल गुरुङले जानकारी दिए ।

बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले दुई जनाको श व भेटाएको छ । दुई समुह विच झ डप हुने क्रममा धुरीबाट प ल्टीएर उनिहरुको ज्या न ग एको हुन सक्ने आशंका गरिएको छ ।

सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झ डपका क्रममा १५ जना युवा भीरमा ख सेको अनुमान गरिएको छ। जसमा अहिलेसम्म दुईजनाको श व भीरमा खसेको अवस्थामा भेटिएको बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष वीरेन्द्र बुढाले बताए।

स्थानीयकाअनुसार झ डपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड गाउँपालिका-१० का करिब १५ युवा बे पत्ता भएको बताइएको छ।

होली मनाउन गएका युवाहरूबीच झ डप हुँदा दुई निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र त्यही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।

उनका अनुसार दुई युवा समूहबीच झ डप भएको हो । ‘घटनास्थल पुगेको प्रहरी टोलीले अहिलेसम्म दुई जनाको श व जंगलमा फेला पारेको छ’, उनले भने, ‘अँध्यारो भएकाले अरु बे-पत्ताको खोजीमा भोलि बिहानैदेखि जुट्ने छौँ।’

स्थानीयवासीका अनुसार होली खेल्ने क्रममा गाई भैंसी चराउने भीरमा करिब १० देखि १५ युवा प ल्टिएका थिए। उनीहरुको दिनभर खोजी गरिएको थियो।

स्थलगत रिपोर्ट : “श्वेता हाम्रो टाउकोमा ४ लाखको ऋण बोकाएपछि तिमीले हात झिक्ने ?
श्वेता श्री फाउन्डेसनमार्फत बनाइएको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारामा रहेको माझी बस्तीको बारेमा विभिन्न टिकाटिप्पणी आइरहेको बेला त्यहाँको अवस्था कस्तो छ भनेर हामी स्थलगत रिपोर्टिङ्गमा पुगेका छौं ।

केही समयअगाडी अभिनेत्री श्वेता खड्काले सामाजिक सञ्जाल मा स्टाटस लेख्दै माझी बस्तीको लागि आर्थिक सहयोग गरेका व्यक्तिहरुले कबुल गरेजति रकम नदिएको भन्दै गुनासो पोखेकी थिइन् । तर हामी त्यहाँ पुग्दा भने अर्कै पीडा देखियो ।

नेपाल सरकारले उपलव्ध गराएको ३ लाख र लक्ष्मी ब‌‌ैंकमा घरजग्गा धितो राखेर निकालेको ४ लाख गरी प्रतिपरिवारले ७ लाख रुपैंयाको लागतमा उक्त घर निर्माण गरेको पाइयो ।

बिहान बेलुका छाक टार्न मुस्किन पर्ने माझि बस्तीका बासिन्दाहरुले बैंकको ऋण तिर्नको लागि मासिक ७ हजार रुपैंया किस्ता तिर्नुपर्ने रहेछ । श्वेता खड्काले बनाएको भनिएतापनि उक्त माझि बस्तीका व्यक्तिहरु श्वेताले बनाएको स्वीकार्दैनन् । पहिला श्वेताले नै पैसा दिने भनेर घर बनाएको तर अहिले आएर बैंकको ऋणले उनीहरु निकै त’नाव रहेका छन् ।

बस्ती ऋणमा डुबेको छैन
नायिका श्वेताले माझी बस्ती ऋणमा डु’बेको भन्दै सार्वजनिक रुपमा सहयोगको अपील गरेकी थिइन् । तर, सो बस्ती ऋणमा नडु’बेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।

माझी बस्ती ऋणमा डुबेको भन्दै नायिका श्वेताले सहयोगको अपील गरेकी छन्, कति ऋण लागेको छ ? भन्ने जिज्ञासामा मेयर तामाङले भने, ‘माझी बस्ती ऋणमा डु’बेको भन्ने मलाई लाग्दैन ।’ किन ? पुनः जिज्ञासा राख्यो । ‘माझी बस्तीका लागि सरकारकाले दिएको प्रत्येक घरका लागि तीन लाख, स्थानीय निकाय, जिल्लास्तरलगायतबाट आर्थिक सहयोग भएको छ’, मेयर तामाङले जवाफ दिए ।

उनले भनेजस्तै सो नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले पनि सो बस्ती निर्माणका लागि भूकम्प पीडितले पाउने प्रत्येक परिवारको तीन लाख रुपैयाँ, नगरपालिका र जिल्ला इकाइ कार्यान्वयनले पनि आर्थिक सहयोग गरेको जानकारी दिइन् । साथै सो बस्ती निर्माणका लागि विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा आर्थिक सहयोग भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!