Wednesday, September 22
Shadow

एक सय १० करोड पारिश्रमिक लिने साउथका पहिलो अभिनेता बने विजय थलपति, अन्य अभिनेताको पारिश्रमिक कती?

काठमाडौं । साउथ फिल्म मास्टरले अहिले सिनेमा हलमा धमाका मच्चाइरहेको छ । उत्कृष्ट शुरुवात गरेको यो फिल्मले २०० करोड रुपैयाँ कलेक्शन गर्ने फिल्ममा सामेल भएको छ । फिल्म मात्रै होइन, यसका अभिनेता विजय थलपति पनि अहिले चर्चामा छन् ।
उनले यो फिल्ममा १ सय १० करोड पारिश्रमिक लिएका थिए । उनले आफ्नो अपकिमङ फिल्म थलापति ६५ का लागि १०० करोडको फी लिएका छन् । योसँगै उनी साउथमा सबैभन्दा धेरै फी लिने अभिनेता बनेका छन् ।


प्रभाष
प्रभाषले बाहुबलीपछि आफ्नो फी बढाइरहेका छन् । अहिले उनी एक फिल्ममा ८० करोड रुपैयाँसम्म फी लिइरहेका छन् । सालारमा उनले एक सय करोड लिएका छन् । उनी चाँडै आदीपुरुष, राधेश्यामम र प्रभास २१ मा देखिँदे छन् ।जसको लागि उनले ३०० करोड रुपैयाँ लिएका छन् ।


महेश बाबू
महेश बाबूले आफ्नो अपकिङ फिल्मका लागि ८० करोड लिएका छन् ।


पवन कल्याण
टलिउड अभिनेता पवन कल्याणले एक फिल्मका लागि ५५ करोड लिने गरेका छन् ।


रजनीकान्त
सुपरस्टार रजनीकान्त एक फिल्मका लागि ६० करोडसम्म पारिश्रमीक लिने गर्दछन् । उनले फिल्म दरबारमा ९० करोड पारिश्रमीक लिएका थिए ।

चिरञ्जीवी
चिरञ्जीवी एक फिल्मको पारिश्रमीक ५० करोडसम्म लिने गर्दछन् ।


अल्लू अर्जुन
अभिनेता अल्लू अर्जुन एउटा फिल्ममा काम गरेको २५ करोड रुपैयाँसम्म पारिश्रमीक लिने गर्दछन् ।

सूर्या
सूर्या एउटा फिल्ममा काम गरेको पारिश्रमीक २५ करोडसम्म लिने गर्दछन् ।


धनुष
धनुष एउटा फिल्मको पारिश्रमीकका रुपमा १७ करोडसम्म पारिश्रमीक लिने गर्दछन् ।

रामचरण
रामचरण एउटा फिल्ममा काम गरेको १४ करोड रुपैयाँसम्म लिने गर्दछन् ।


विक्रम
अभिनेता विक्रम एउटा फिल्ममा काम गरेको पारिश्रमीक १० करोडसम्म लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रवि तेजा
रवि तेजाले एक फिल्ममा काम गरेको पारिश्रमीक १० करोड रुपैयाँसम्म लिने गरेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!