Sunday, September 19
Shadow

काखीमुनिको गन्धबाट छुटकारा पाउने घरेलु उपाय

पसिनाका कारणले शरीर गनाउने समस्या सबैलाई हुन्छ । यसका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । बजारमा पाइने विभिन्न बास्नादार सेन्टहरु प्रयोग गरेतापनि मानिसहरुले यो समस्याबाट मुक्ति पाएका छैनन् ।
यस्ता सेन्टहरु धेरै समयसम्म नटिक्ने हुनाले पनि कतिपय मानिसहरुलाई यसका कारणले आफ्नो छविमा प्रभाव पर्ने डर हुन्छ । समूहमा काम गर्ने व्यक्तिहरु विशेषगरी यस समस्याका कारण धेरै निराश हुने गरेका छन् । यसैकारण यस्ता दुर्गन्धलाई सधैँका लागि हटाउन विभिन्न घरेलु उपायहरु अपनाउन सकिन्छ ।

फिट्किरी
शरीरको गन्ध हटाउनमा फिट्किरी सबैभन्दा उपयोगी मानिने गर्छ । यसमा पाइने एन्टिब्याक्टेरियल गुणले गन्ध फैलाउने ब्याक्टेरियाहरुलाई नष्ट गर्न सक्छ । त्यसैले दैनिक फिट्किरीलाई दुई मिनेटसम्म पानीमा डुबाएर राख्ने अनि त्यो पानीले आफ्नो काखी सफा गर्ने हो भने तपाईले यसको केही दिनमै यसको सकारात्मक परिणाम पाउन सक्नुहुनेछ । नत्र फिट्किरीको टुक्रालाई नै सिधै काखीमा दलेर पनि गन्धबाट राहत पाउन सकिन्छ ।
बेबी पाउडर
शरीरको गन्धलाई कम गराउन बेबी पाउडर पनि निकै लाभदायी छ । आफ्नो काखीमुनि बेबी पाउडर छर्किएर दैनिक लगाउने हो भने यसले पनि तपाईको धेरै मद्दत गर्नेछ ।

बेकिङ सोडा
बेकिङ सोडाले सजिलै शरीरको गन्धलाई कम गराउन सक्छ । एक चम्चा कागतीको रस र एक चम्चा बेकिङ सोडा मिसाएर काखी मुनि लगाउने अनि ५ मिनेटसम्म राखेर पानीले धुने हो भने पनि धेरै राहत पाउन सकिन्छ । यो तरिका निरन्तर अपनाउने हो भने हामीले शरीरको गन्ध पूर्ण रुपमा सधैँका लागि हटाउन सक्छौँ ।
गुलाब जल
गुलाब जलले पनि शरीरको गन्ध कम गराउन सक्छ । नुहाएपछि काखीमुनि गुलाबजलले सफा गर्ने हो भने तपाईले शरीरको दुर्गन्धबाट तुरुन्तै राहत पाउन सक्नुहुनेछ ।

कागती
कागतीमा पनि एन्टिब्याक्टेरियल गुण प्रशस्त मात्रामा हुने भएकाले पनि कागती धेरै महत्वपूर्ण छ । कागतीलाई टुक्रा पारेर दैनिक काखीमुनि लगाउने हो भने यसले त्यहाँ पसिनाका कारण उत्पन्न हुने सबै ब्याक्टेरियाहरु नष्ट गरिदिन्छ । त्यसैले दुर्गन्ध हटाउन कागतीको दैनिक उपयोग गर्नुपर्छ । यसको अर्को फाइदा भनेको काखी मुनिको कालोलाई पनि यसले हल्का गराउन मद्दत गर्छ ।
टमाटर
टमाटरलाई दुई टुक्रा पारेर त्यसको भित्रको गुदिलाई १५ मिनेटसम्म काखी मुनि लगाउने हो भने तपाईको शरीरबाट आउने दुर्गन्धबाट सजिलै राहत पाउन सकिन्छ ।

किसानलाई चैते धान रोप्ने चटारो
कैलालीको भजनी नगरपालिका–७, चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन। उनी हरेक वर्ष १० कठ्ठामा चैते धान रोप्छन। उनको ५ जनाको परिवारलाई त्यही १० कठ्ठामा फलेको चैते धान वर्षभरीका लागि खान पुग्छ।
उनी मात्रै हैन कैलालीको मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन। जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसान चैते धान खेती गर्छन।

चैते धान खेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ। उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरो लगायतका बाली फलाउँछन्। कतिपय किसानले दोहोरो धान खेती समेत गर्ने गरेका छन्। बाढी प्रभावित बाहेकका क्षेत्रका किसानले दोहोरो धान खेती गर्ने गरेको पाईन्छ।
जानकी गाउँपालिका–७, मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुई पटक धान रोप्छन। उनका अनुसार एक पटकको धान खेतीले परिवार पाल्न पुग्छ भने अर्को पटकको धान खेतीको उत्पादन बेच्ने गरेका छन्। उनी वर्षेनी १ विगाह क्षेत्रफलमा धान खेती गर्छन्। चैते धान खेती थप आम्दानीको स्रोत बनेको छ उनले भने–यसले मेरो आर्थिक अवस्थामा सुधार भैरहेको छ।

खाशगरी बाढी प्रभावित क्षेत्रका किसानहरु चैते धान रोप्ने गरेका छन्। उनीहरु वर्षायाममा धान खेती रोप्न पाउँदैनन्। उनीहरुको खेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धान खेती रोप्न समस्या हुने गरेको छ। ‘हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धान रोप्नु भजनी नगरपालिका–३, कुसुमघाटका विजय साउँदले भने–चैते धान रोपेन भने भोकै बस्नुपर्छ।

किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ। थोरै मात्रै समय अघिपछि भए धान उत्पादन राम्रो नहुने किसानहरु बताउँछन। ‘चैते धान रोप्न सहज छैन। हरेक कुराको ख्याल गर्नुपर्छ’ किसान साउँदले भने–समयमै रोपेर समयमै भित्र्याउन सक्नुपर्छ।
चैते धान खेतीका लागि किसानले सिँचाई र रासायनिक मलको समेत समस्या भोग्ने गरेका छन्। उनीहरुले बोरिङ (जमिनमूनिबाट पानी निकाल्ने) का माध्यमबाट सिँचाई गर्दै आएका छन्। किसानले रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्छ। उनीहरुले समयमा रासायनिक मल पाउन नसके चैते धान खेती प्रभावित हुने गरेको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!