Sunday, September 19
Shadow

किन हुन्छ मिर्गाैलामा पत्थरी ? कसरी जोगिने सबै जानकारी

कुनै पनि मानिसमा पत्थरी हुनुमा विभिन्न कारणहरु रहेका छन् । उमेर, लिं’ग, वंशागुगत, वातावरण, पानी , खानेकुरा आदिको कारणले नै मानिसमा पत्थरीको समस्या देखा पर्ने गरेको छ । समग्रमा भन्नुपर्दा व्यवस्थित जिवनशैली साथै सन्तुलित खानेकुराको कमीले गर्दा पनि मिर्गाैलामा पत्थरी देखा पर्ने गर्छ ।

मिर्गाैलामा पत्थरी भएका आदिभन्दा बढि मानिसलाई आफ्नो शरीरमा पथर छ भन्ने समेत थाहा नहुने गरेको डा बज्रचार्यले बताए । कतिपय पत्थरी ठूलो हुदाँसम्म नदुख्ने हुन्छ । त्यसैले कम्तिमा ६ /६ महिनामा यस सम्बन्धि परिक्षण गराउन आवश्यक पर्छ । सबै पत्थरीका बिरामीको शल्यक्रिया गर्नुपर्दैन् । शल्यक्रिया त्यो वेला मात्र गर्नुपर्छ जव पिसावमा रगत देखापर्छ , मिर्गाैला सुनिन्न थाल्छ । मिर्गाैला स्वस्थ राख्न दिनको ३ देखि ५ लिटर पानी पिउनुपर्छ । पानीले ५० देखि ६० प्रतिशत मिर्गाैलाको रोग निको पार्छ । साथै साधरण पिसाब पनि ६/६ महिनामा परिक्षण गराउदा उनको सुझाव रहेको छ ।

किसानलाई चैते धान रोप्ने चटारो
कैलालीको भजनी नगरपालिका–७, चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन। उनी हरेक वर्ष १० कठ्ठामा चैते धान रोप्छन। उनको ५ जनाको परिवारलाई त्यही १० कठ्ठामा फलेको चैते धान वर्षभरीका लागि खान पुग्छ।
उनी मात्रै हैन कैलालीको मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन। जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसान चैते धान खेती गर्छन।

चैते धान खेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ। उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरो लगायतका बाली फलाउँछन्। कतिपय किसानले दोहोरो धान खेती समेत गर्ने गरेका छन्। बाढी प्रभावित बाहेकका क्षेत्रका किसानले दोहोरो धान खेती गर्ने गरेको पाईन्छ।
जानकी गाउँपालिका–७, मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुई पटक धान रोप्छन। उनका अनुसार एक पटकको धान खेतीले परिवार पाल्न पुग्छ भने अर्को पटकको धान खेतीको उत्पादन बेच्ने गरेका छन्। उनी वर्षेनी १ विगाह क्षेत्रफलमा धान खेती गर्छन्। चैते धान खेती थप आम्दानीको स्रोत बनेको छ उनले भने–यसले मेरो आर्थिक अवस्थामा सुधार भैरहेको छ।

खाशगरी बाढी प्रभावित क्षेत्रका किसानहरु चैते धान रोप्ने गरेका छन्। उनीहरु वर्षायाममा धान खेती रोप्न पाउँदैनन्। उनीहरुको खेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धान खेती रोप्न समस्या हुने गरेको छ। ‘हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धान रोप्नु भजनी नगरपालिका–३, कुसुमघाटका विजय साउँदले भने–चैते धान रोपेन भने भोकै बस्नुपर्छ।

किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ। थोरै मात्रै समय अघिपछि भए धान उत्पादन राम्रो नहुने किसानहरु बताउँछन। ‘चैते धान रोप्न सहज छैन। हरेक कुराको ख्याल गर्नुपर्छ’ किसान साउँदले भने–समयमै रोपेर समयमै भित्र्याउन सक्नुपर्छ।
चैते धान खेतीका लागि किसानले सिँचाई र रासायनिक मलको समेत समस्या भोग्ने गरेका छन्। उनीहरुले बोरिङ (जमिनमूनिबाट पानी निकाल्ने) का माध्यमबाट सिँचाई गर्दै आएका छन्। किसानले रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्छ। उनीहरुले समयमा रासायनिक मल पाउन नसके चैते धान खेती प्रभावित हुने गरेको छ।

नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले पनि साथ छोड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफुहरुको समर्थन कायमै रहेको बताएको थियो ।

अब पहिलेको जस्तो अवस्था रहेन्, नेपाल समुहका सांसद सुशील थापाले भने, सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं । नेपाल समुहका सांसदहरुले चैत ४ गतेयता कानुनका जानकारहरुसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको बैधानिकता सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो समुहले समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए ।

सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए । दलको बैठकले समर्थन फिर्ताको निर्णय गरिसकेकाले यसलाई टुङ्गोमा पु¥याउँछौं उनले भने, अव कर्णालीमा एमालेको नेतृत्वमा सरकार बन्छ । उनले पार्टीकोतर्फबाट सरकारका रहेका मन्त्रीहरुले चाँडै राजीनामा दिने पनि बताए । ‘एक साताभित्रै दलको बैठक बस्छ, १९ जना सांसदहरु उपस्थित हुन्छौं उनले भने, ‘एमालेकोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राजीनामा दिनुहुन्छ ।

नेपाल समुहका अर्का सांसद अम्मरबहादुर थापाले आफुहरुले केन्द्रको निर्णय पर्खिएको बताए । उनले अब बस्ने दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा पनि छलफल हुने बताए । दलका नेताले बैठक आव्हान गरेमा हामी उपस्थित भएर आफ्नो कुराहरु राख्छौ उनले भने, समर्थन फिर्ताको विषय बैठकमै निर्णय हुन्छ ।

एमालेबाट शाही नेतृत्वको सरकारमा तीन जना मन्त्रीहरु सहभागी छन् । ति मध्येका एक मन्त्रीले दलको निर्णयलाई मान्नुको विकल्प नरहेको बताए । दलले समर्थन फिर्ताको निर्णय गरिसकेको छ, त्यसलाई ढिलो चाँडो मान्नैपर्छ ति मन्त्रीले भने, अबको दलको बैठक बस्नुअघिनै हामीले राजीनामा दिनुपर्ने हुन्छ ।

संसदीय दलका नेता यामलाल कँडेलले चाँडै दलको बैठक बस्ने बताए । ‘अहिले सबै माननीयहरुसँग छलफलमा छु, उनले भने, निकट भविश्यमै दलको बैठक बस्छ ।’ उनले चैत ५ गतेको मितिदेखि लागू हुने गरेर एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनतर्फ आफुहरुको ध्यान केन्द्रीत रहेको बताए ।
कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक हुँदा कर्णालीसहित सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको थियो । कर्णाली प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसद छन् । यस्तै नेपाली कांग्रेसका छ जना र राप्रपाका एक सांसद छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!