Saturday, September 25
Shadow

किन आउछ शरीरमा मुसा, कसरी हटाउने ? सबै जानकारी

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अं’गहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टु’प्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ ।

कारण
शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ ।
मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।

लक्षण
मुसा छालाको सतहभन्दा थोरै माथि उठेको हुन्छ । यो गोलाकार, अ’न्डाकार, च्याप्टो आकारमा देखा पर्छ । र, यो चिल्लो र मुलायम पनि हुन्छ ।
कतिपय मुसा हल्लिने खालका पनि हुन्छन् । कतिपय मुसा छुँदा दुख्ने, रगत आउने गर्छ । कसैलाई ऐँजेरु पलाएजसरी पनि मुसा आउने गर्छ । यस्ता मुसा पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुल्न थाल्छ । यस्ता प्रकृतिका मुसा विशेष गरी हात र खुट्टामा देखिन्छन् ।

मुसा नै हो भनेर कसरी छुट्टाउने ?
१. सामान्यतया मुसा हातको पछाडीपट्टी, औंलाहरु, घुंडा, र खुट्टा, पैतालामा देखिन्छ
२. छालाको सतहभन्दा माथि उठेको साह्रो र सुख्खा गिर्खाको रुपमा देखा पर्छ
३. यो एक वा एकभन्दा बढी मात्रामा पनि देखिन सक्छ
४. थोरै कोतार्दा सेतो पत्र निस्कन सक्छ र जमेको रगतका शिराको कालो धब्बा देखिन सक्छ

के गर्न हुदैन ?
कतिपयले पार्लरमा गएर त कतिले घरमै मुसा हटाउने गरेको पाइन्छ । यसरी मुसा हटाउनु हानिकारक मानिन्छ । यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्छ ।

के मुसा आफै ठिक हुन्छ ?
स्वस्थ मानिसमा करिव ३० प्रतिशत मुसा ६ महिनामा र ६० प्रतिशत एक वर्षमा आफै हराएर जान्छ । यदि मुसा सानो हुँदै गएमा र रगतका शिराका काला धब्बाहरु देखिएमा यो आफै हराएर जादैछ भनेर बुझ्नुपर्छ ।
अस्वस्थ र रोग प्रतिरोधात्मक क्षमता कम भएको मानिसहरु जस्तै, कुनै रगतको क्यान्सर, एड्स आदि रोगहरु लागेको छ र मुसा धेरै मात्रामा छ भने चाहीँ क्यान्सरमा पनि परिणत हुनसक्छ ।
साथै देखिने मुसा पनि क्यान्सरमा परिणत हुने संभावना धेरै हुन्छ । लामो समयसम्म मुसा आफै हराएर नगएमा, बढ्दै गएमा र अन्य ठाउमा पनि फैलिदै गएमा एकपटक छालारोग विशेषज्ञसंग सल्लाह लिनु बुद्दीमानी हुन्छ ।

अनि खतरा
शरीरमा आएका मुसाबाट रगत बग्न थालेमा यसलाई खतराको संकेतका रूपमा लिनुपर्छ । मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।
सल्लाह
केही व्यक्ति मुसालाई हटाउन डाम्ने वा काट्ने गर्छन् भने कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउने गर्दछन् । यसो कहिल्यै गर्नुहुँदैन । यसो गर्नाले भाइरस शरीरका अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा शरीरका विभिन्न भागमा अझ बढी मुसा पलाउँछ ।

उपचार
कतिपय प्रकृतिका मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर, यसलाई उपचार नै गर्नुपरेमा विभिन्न विधि अवलम्बन गर्नुपर्छ । भौतिक रूपले यसलाई नष्ट गर्न सकिन्छ । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । लक्षणका आधारमा होमियोप्याथिक औषधिका माध्यमले पनि यसको उपचार गरिन्छ ।

तपाईको जिउमा भएको मुसा क्यान्सरको कारण पनि बन्न सक्छ ??
मुसा यदी गर्धनको पछाडी छ या शरीरको झट्ट सबैको नजर नपर्ने ठाउँमा छ भने कुनै चिन्ताको बिषय हुँदैन । तर, कहिले काही मुसा अनुहारमा यस्तो ठाउँमा आईदिन्छ, जहाँ सबैको नजर सोझै पर्दछ । जस्तै- गाला, आँखीभौं, आखाँको परेली, नाकको टुप्पो, निधार आदिमा । अनुहारमा मुसा हेर्दा राम्रो देखिंदैन ।
सभा समारोहमा यसले लाजमर्दो स्थिति बनाउनुको साथै तपाईको सौन्दर्यलाई नै असर पार्दछ । साधारण देखिने मुसा कहिले काही क्यान्सरको कारण पनि बन्न सक्छ । यस्तो स्थितिमा मुसालाई उपचार गरी हाटाउनु राम्रो हुन्छ ।

किसानलाई चैते धान रोप्ने चटारो
कैलालीको भजनी नगरपालिका–७, चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन। उनी हरेक वर्ष १० कठ्ठामा चैते धान रोप्छन। उनको ५ जनाको परिवारलाई त्यही १० कठ्ठामा फलेको चैते धान वर्षभरीका लागि खान पुग्छ।
उनी मात्रै हैन कैलालीको मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन। जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसान चैते धान खेती गर्छन।

चैते धान खेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ। उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरो लगायतका बाली फलाउँछन्। कतिपय किसानले दोहोरो धान खेती समेत गर्ने गरेका छन्। बाढी प्रभावित बाहेकका क्षेत्रका किसानले दोहोरो धान खेती गर्ने गरेको पाईन्छ।

जानकी गाउँपालिका–७, मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुई पटक धान रोप्छन। उनका अनुसार एक पटकको धान खेतीले परिवार पाल्न पुग्छ भने अर्को पटकको धान खेतीको उत्पादन बेच्ने गरेका छन्। उनी वर्षेनी १ विगाह क्षेत्रफलमा धान खेती गर्छन्। चैते धान खेती थप आम्दानीको स्रोत बनेको छ उनले भने–यसले मेरो आर्थिक अवस्थामा सुधार भैरहेको छ।

खाशगरी बाढी प्रभावित क्षेत्रका किसानहरु चैते धान रोप्ने गरेका छन्। उनीहरु वर्षायाममा धान खेती रोप्न पाउँदैनन्। उनीहरुको खेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धान खेती रोप्न समस्या हुने गरेको छ। हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धान रोप्नु भजनी नगरपालिका–३, कुसुमघाटका विजय साउँदले भने–चैते धान रोपेन भने भोकै बस्नुपर्छ।

किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ। थोरै मात्रै समय अघिपछि भए धान उत्पादन राम्रो नहुने किसानहरु बताउँछन। ‘चैते धान रोप्न सहज छैन। हरेक कुराको ख्याल गर्नुपर्छ’ किसान साउँदले भने–समयमै रोपेर समयमै भित्र्याउन सक्नुपर्छ।

चैते धान खेतीका लागि किसानले सिँचाई र रासायनिक मलको समेत समस्या भोग्ने गरेका छन्। उनीहरुले बोरिङ (जमिनमूनिबाट पानी निकाल्ने) का माध्यमबाट सिँचाई गर्दै आएका छन्। किसानले रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्छ। उनीहरुले समयमा रासायनिक मल पाउन नसके चैते धान खेती प्रभावित हुने गरेको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!