Tuesday, September 21
Shadow

वलिवूड नायिकालाई समेत पछि पार्ने नेपालका यी नायिकाहरु हेर्नुस तस्बिर सहित

नेपाली चलचित्र क्षेत्रमा नव नायिकाहरुको कमी छैन । नायिकाहरुको कुन बेला चर्चा हुन्छ र कुन बेला बिवाद हुन्छ भन्ने अत्ताेपत्ताे हुदैन् । तीमध्ये कतिले चलचित्र क्षेत्रमा सुरुवातमा नै सफलताको स्वाद चाखेका छन् भने कति संघर्षकै क्रममा छन् ।

नायिकाहरुले आफनो पहिलो प्रयासमा नै दर्शकको मन जिते छन् । कतिले अभिनयमाफर्त त कतिले सुन्दरतामार्फत । तीनै नायिकाहरुलाई कतिले बलिउड नायिकाहरुसंग तुलना पनि गर्छन अभिनयको हिसावले होईन रुपको हिसावले । ती नायिकाहरुलाई धेरैले बलिउड नायिकाको उपनाम दिएका छन् ।
दिपिका प्रसाई:-

एश्वर्य फेम नायिकाले आफनो डेब्यु चलचित्रबाट नै चर्चा कमाईन । फैसन इन्डष्ट्रीमा चिरपरिचित नायिका दिपिकालाई दर्शकले पहिलो चलचित्रबाट नै वच गरेका थिए । उनलाई धेरैले बलिउड सोनम कपुर भनेर टिप्पणी गर्छन ।
उनलाई बलिउडकी सोनम कपुर भनेर यस क्षेत्रमा मात्र होईन स्कुल कलेजदेखि नै सोनम कपुर भनेर जिस्काउने गरेको उनी आफैले पनि स्वीकार गर्छिन्
अदिती बुढाथोकी:–

कृ चलचित्रबाट डेब्यु गर्न लागिरहेकी नायिका अदिती बुढाथोकीलाई पनि बलिउडकी चर्चित नायिकाको उपनाम दिईएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय अदितीलाई धेरैले सनी लियोनी जस्तो भनेका छन् भने कतिले कैटरिना कैफ जस्तो । खास गरेर उनको बोल्ड तस्बिरका कारण सनीसँग तुलना गरिएको हो ।
तर उनी भने आफुलाई कुनै बलिउड नायिका जस्तो छु भन्नेमा भने विश्वास छैन । बलिउडका केही म्युजिक भिडियोहरुमा समेत काम गरेकी उनी बलिउडमा पनि संघर्षको क्रममा नै रहेकीछिन् ।
बर्षा सिवाकोटी:-

नेपाली चलचित्र क्षेत्रमा थुप्रै चलचित्रमा काम गरेर पनि खासै सफलता पाउन नसकेकी नायिका बर्षा सिवाकोटीलाई पनि सनि लियोनी जस्तै देखिने नायिका भनेर चर्चा गरिन्छ ।
उनले ग्लामरस तरिकाले गरेको फोटोसुटहरुमा उनी केही हदसम्म सनि लियोनी जस्तो देखिन्छिन भन्ने धेरैको धारणा पाईएको छ । तर उनलाई कसैले आफुलाई सनि लियोनी जस्तो भनेर गरेको टिप्पणी मनपर्ने बताएकी थिईन् ।
सन्ध्या केसी:–

ड्रिम्स चलचित्रबाट अभिनयमाफर्त यस क्षेत्रमा प्रबेश गरेकी सन्ध्या केसी यतिबेला आफनो करियर स्थापित गर्ने सुरुमा लागिरहेकीछिन् । रुपले धपक्क बलेकी यी नायिकालाई चलचित्र क्षेत्रमा मिनी एश्वर्याको नामले बोलाउने गर्छन् ।
झट्ट हेर्दा कता कता एश्वर्याको झलक पनि पाउन सकिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!