Saturday, September 25
Shadow

भोलिबाट तत्काल यि जिल्लामा यस्तो हुने भर्खरै सकियो वैठक (सक्दो सेयर गर्नुहोस)

को’रोना भा’इरसको स’ङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को स’ङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्लामा

निषेधाज्ञा र २०० भन्दा बढी स’ङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए । पछिल्लो २४ घन्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ४०३२ जनाको पीसीआर गर्दा १८८ जनामा कोरोना पुष्टि भएको हो । योसहित

कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ७७ जना डिस्चार्ज भएका छन । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत हो। मन्त्रालयका अनुसार हाल ४८ क्वारेन्टाइनमा र ११ सय २८ जना आइसोलेसनमा छन । पछिल्लो २४ घन्टामा

कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । सोमबार कोरोनाबाट ३ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने सम्भावना रहेको विज्ञहरुले औंल्याएका छन्। संक्रमणबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य

तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ । भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाका विराटनगरको रानीमा सोमबारबाट ‘हेल्थ डेस्क’लाई सक्रिय गराइएको छ । डेस्कमार्फत नेपाल प्रवेश गर्न चाहनेको परीक्षण तत्कालै गर्ने व्यवस्था मिलाइएको छ ।

परीक्षणपछि नेपाल आउनेमा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन हुने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। भारतबाट आउनेले अनिवार्य रुपमा कोरोना परीक्षण गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना

नियन्त्रण गर्न र संक्रमण थप फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निस्कर्ष निकालेको छ। मोरङमा पनि संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय बैठकमा भएको छ । निरौलाका अनुसार शंकास्पद व्यक्तिको नाकामै एण्टीजेन परीक्षण गरिने छ । एण्टीजेन जाँच गर्दा कोरोना भए/नभएको तत्कालै रिपोर्ट आउने उनले बताए । रिपोर्ट पोजिटिभ आउनेलेलाई थप

परीक्षण तथा उपचारका लागि पठाउने र नेगेटिभ आउनेलाई गन्तव्यतर्फ जान दिइने प्रजिअ निरौलाको भनाइ छ । एक वर्षअघि कोरोना तीव्र रुपमा फैलिइरहेका बेला नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरेर नेपाल छिर्नेहरुको परीक्षण गर्न थालिएको थियो । तर पछिल्लो समय कोरोना नियन्त्रणउन्मुख बनेपछि ‘डेस्क’ निस्कृयजस्तै थियो । पछिल्लो समय भारतमा कोरोना

संक्रमण दर उच्च बन्दै गएपछि आवश्यक जनशक्ति परिचालन गरेर डेस्कलाई सक्रिय गराइएको निरौलाको भनाइ छ । ‘नाकामा यसअघि सञ्चालन गरिए पनि निस्क्रियजस्तै रहेको हेल्थ डेस्कलाई सक्रिय बनाउने निर्णय भएको छ,’ उनले भने ,‘नाकामा स्वास्थ्य जाँच गर्ने र शंकास्पदको एण्टीजेन परीक्षणलाई प्राथमिकतामा राखिएको छ ।’निरौलाका अनुसार

भारतबाट जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने मुख्य नाकामा थप कडाई गर्न थालिएको छ । जोगवनी–रानी नाका एक वर्षअघिदेखि सिल छ । नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै नाका बन्द गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमण कम हुँदै गएकाले नाका खोल्ने तयारी भइरहेको थियो । तर पछिल्लो समय भारतमा संक्रमण तीव्र

बन्दै गएपछि अहिले तत्काल नाका नखोलिने र बरु थप कडाई गर्ने निर्णय बैठकले लिएको हो । प्रजिअ निरौलाले रानी नाकामा उच्च सतर्कता अपनाउन थालिएको जनाए । भारतमा दैनिक ४० हजार हाराहारीमा कोरोना संक्रमित फेला पर्न थालेका छन । जिल्ला स्तरीय खोप समितिको बैठक पनि सोमबार नै बसेको छ । मोरङमा ‘स्टक’ रहेको पाँच हजार

आठ सय ७० डोज कोरोना खोप पहिलो र दोस्रो चरणमा छुटेका र विराटनगरका शिक्षकलाई लगाउने निर्णय बैठकमा भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी र दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको थियो । प्रजिअ निरौलाका अनुसार पहिलो र दोस्रो चरणमा छुटेका व्यक्ति र विराटनगरका सामुदायिक तथा निजी विद्यालयका

शिक्षकलाई अब कोरोनाविरुद्धको खोप दिइने छ । मोरङमा मौज्दात रहेको कोरोनाविरुद्धको खोप चैत महिनाभित्र लक्षित वर्गलाई लगाइसकिने जानकारी उनले दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!