Tuesday, September 21
Shadow

फेरी कोरोनाको जोखिम उच्च हुँदै गएपछी स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो सूचना

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम फेरी उच्च हुँदै गएको बेलामा लकडाउन हुन सक्ने सम्भावनाबारे बोलेको छ । मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा फेरी लकडाउन हुन सक्ने सम्भावनाका बारेमा बोलेको हो । कोरोना संक्रमणको चक्र रोक्न लकडाउन बाध्यात्मक अवस्था हुनसक्ने मन्त्रालयको भनाई छ ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा। समीरकुमार अधिकारीले यस्तो सम्भावना औल्याएका हुन् । उनले सर्वसाधारण आफै जागरुक हुनुपर्ने बताएका छन् । मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी गर्दै सावधानी नअपनाए फेरी लकडाउन गर्नपर्ने अवस्था आउने बताएका छन् ।

उनले भने, ‘लडकाउन गर्नु सरकारको उद्देश्य होइन तर परिस्थिती त्यस्तै भए बाध्य हुन सक्छौं । उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको लर्को लागेको छ । यस्तो अवस्था नेपालमा पनि कोरोनाको दोस्रो चरण आउने सम्भावना बढ्दै गएको भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!